शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश पारित

बिहीबार, २१ कात्तिक २०७६, २१ : ०३
बिहीबार, २१ कात्तिक २०७६

कैलाली । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश, २०७६ स्वीकृत गरेको छ ।

 प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा स्थापना गर्ने निर्णय प्रदेशसभाको बैठकले झण्डै एक वर्षअघि नै गरिसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश समपुरक अनुदानसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०७६ र प्रदेश अनुदानसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०७६ स्वीकृत गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले राससलाई जानकारी दिए ।

यसैगरी मन्त्रिपरिषद् बैठकले आउँदो मङ्सिर २० गते धनगढीमा सुदूरपश्चिम वित्तीय सम्मेलन आयोजना गर्ने निर्णय गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप