तिनाउमा सत्यवती मेला भर्न सार्वजनिक बिदा
बिहीबार, २१ कात्तिक २०७६, २० : २१
पाल्पा – पाल्पाको तिनाउ गाउँपालिकाले कात्तिक २६ गतेका लागि सार्वजनिक बिदा घोषणा गरेको छ । तिनाउ गाउँपालिकाको महत्वपूर्ण सत्यवती मेलालाई लक्षित गरी बिदा घोषणा गरेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिए ।
तिनाउ गाउँपालिका–४ सत्यवती ताल क्षेत्रमा रहेको बहिरी बजैसँग चिच्याएर बर माग्ने चलन रहेको छ । कात्तिक २४ गतेदेखि २६ गतेसम्म सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग बर माग्नका लागि धार्मिक मेला हुन भएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए ।
२६ गते कात्तिक पूर्णिमा कात्तिक महिनानै परेको योग परेको भन्दै भक्तजनको विशेष आकर्षण हुने स्थानीय बासिन्दाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स