मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटना न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय ट्रमा गोष्ठी

बिहीबार, २१ कात्तिक २०७६, १९ : ४८
बिहीबार, २१ कात्तिक २०७६

धनुषा– दुर्घटनामा परि ज्यान गुमाउनेहरुको मृत्युदर न्यूनीकरण गर्न प्रदेश २ को राजधानी जनकपुरमा एक दिने अन्तर्राष्ट्रिय ट्रमा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ। हेल्थ टास्क प्रदेश २ नेपालको आयोजना तथा अर्थोपेडिक एण्ड ट्रमा फाउन्डेशन नेपाल, नेपाल ट्रमा सोसाइटी ,एओ एलायन्स स्विजरल्याण्ड, अन्तर्राष्ट्रिय संकायहरु जर्मनी ,इंगलाण्ड ,इन्डिया र न्युजिल्यान्डको सहकार्यमा सो गोष्ठी आयोजना भएको हो । 

नेपालमा दिनहुँ सडक दुर्घटनामा परि ६ देखि ७ जनाले ज्यान गुमाईरहेको तथ्याँक आइरहेको बेला आयोजित उक्त गोष्ठीमा प्रदेश २ मा दिनहुँ सडक दुर्घटनामा परि चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई कसरि जीवन दिने र दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या कसरि घटाउने बारे छलफल तथा अन्तरक्रिया गरिएको छ। 

कार्यक्रमा सहभागी भएका २५ जना विशेषज्ञ डाक्टरहरुको छलफलबाट प्रदेश २ मा सडक दुर्घटना बाट हुने मृत्युदर घटाउन पारामेडिक र डाक्टरहरुलाई तालिम दिने, प्रहरीसँग सहकार्य गरि स्कुल तथा क्याम्पसहरुमा सडक सुरक्षा सम्बन्धि तालिम तथा क्रियाकलाप गर्ने, हरेक ६ महिना तथा वर्षैपिछे ट्रमा सम्बन्धि वर्कशप गरि तथ्याँक संकलन तथा विश्लेषण गरि सरकारी तवरबाट पहल र न्यूनीकरण गर्ने लगायतका निर्णयहरु गरिएको नेपाल ट्रमा सोसाइटीका अध्यक्ष डाक्टर शुभाष बाबु साहले जानकारी दिए।

उक्त कार्यक्रममा हेल्थ टास्क प्रदेश २ नेपालका अध्यक्ष डाक्टर रामकेवल साह र कार्यक्रम संयोजक डाक्टर रमेश प्रसाद सिंहले उपस्थित सम्पूर्ण डाक्टर तथा सहयोगीहरु लाई प्रमाणपत्र वितरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप