बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चलचित्र निर्माता गोविन्द शाही पक्राउ

बिहीबार, २१ कात्तिक २०७६, १९ : २१
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं – चलचित्र निर्माता गोविन्द शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ । 

काठमाडौं जिल्ला अदालतले चलचित्र निर्माणका क्रममा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पूर्जी जारी गरेपछि शाहीलाई बिहीबार महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले बताए । 

एसपी प्रधानका अनुसार शाहीलाई बिहीबार नै कालिमाटी वृत्तको जिम्मा लगाइएको छ। गोविन्द्र शाही चलचित्र ‘लिलिबिलि’ का निर्माता हुन् ।

शाहीसहित तीन जनाको समूहले एक वर्षअघि ‘लिलिबिली’ निर्माण गरेका थिए।

फिल्म निर्माण गर्दा शाहीले एक करोड हिनामिना गरेपछि सुदीप खड्का र अर्का निर्माता मिलन चान्सले महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दिएका थिए ।

यसअघि पनि पक्राउ परेका उनी तत्कालीन अवस्थामा बन्दीप्रत्यक्षीकरण रिटमा छुटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप