बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल म्यानमारसँग ३–० ले  पराजित

बिहीबार, २१ कात्तिक २०७६, १८ : ४७
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं।  मैत्रीपूर्ण फूटबल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । म्यानमारमा बिहीबार भएको खेलमा नेपाल म्यानमारसँग ३–० गोलले पराजित भएको हो । 

नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल खाएको थियो । नेपाल म्यानमारसँग ३–० गोलको समान स्कोरले पराजित भएको यो दोस्रो पटक हो । यसअघि सन् २००८ मा खेलिएको एएफसी च्यालेन्च कपमा पनि नेपालले म्यानमारसँग ३–० गोलकै हार खेपेको थियो । 

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलको तयारी स्वरुप नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले कुवेतसँग मंसिर ३ गते विश्वकप छनोटको खेल खेल्नेछ । नेपाल पहिलो खेलमा यसअघि कुवेतमा भएको खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भईसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप