शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घाँटी रेटिएको अवस्थामा पुरुषको शव फेला

बिहीबार, २१ कात्तिक २०७६, १८ : १६
बिहीबार, २१ कात्तिक २०७६

सिरहा । सिरहा नागरपालिका १२ सारश्वर गाउँ नजिकै कमला नदीको बाँधमा बिहीबार बिहान घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । 

सिरहा नगरपालिका १२ सारश्वरस्थित महादेवको मन्दिरदेखि करिब दुई सय मिटर उत्तर पश्चिम कमला नदीको बाँधमा घाँटी रेटिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी अपिलराज बोहराले जानकारी दिए । 

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सिरहा अस्पतालमा ल्पठाइएको र मृतकको पहिचान खुल्न बाँकी रहेको जनाएको छ । 

कसैले हत्या गरेर शव फालेको हुन सक्ने भन्दै प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप