बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा बिमलेन्द्र निधिले भने : म विजयको सन्देश लिएर काठमाडौंँ जान चाहन्छु

बिहीबार, २१ कात्तिक २०७६, १७ : ५४
बिहीबार, २१ कात्तिक २०७६

पोखरा । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि कांग्रेसले अरु पार्टीले भन्दा निकै ढिलो गरि उम्मेदवारको टुंगो लगायो । १६ आकाक्षीमध्येबाट कांग्रेसलाई उम्मेदवार टुंग्याउन हम्मेहम्मे नै पर्यो । 

बिहीबार उमेदवारी मनोनयन दर्तासँगै कास्की २ मा उम्मेदवार घोषणा सभामा पुगेका उपसभापति बिमलेन्द्र निधिले मंसिर १४ मा हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन कांग्रेसले जित्छ भन्ने सन्देश लिएर काठमाडौं जान चाहेको बताएका छन् ।

 ‘उपनिर्वाचनमा नेपाली कांग्रेले अवश्व जित्छ भन्ने सन्देश लिएर काठमाडौं जान चाहन्छु,’ उनले भने, ‘विजयको सन्देश लिएर जान चाहन्छु ।’

सभालाई सम्बोधन गर्दै निधिले कास्की २ मा उमेदवार टुंगो लगाउन हम्मेहम्मे परेको स्मरण गरे । ‘धेरै साथीहरुले फोन गरेर किन ढिला भनेर सोध्नुभयो, कांग्रेस पदाधिकारी साथीहरुले पनि हाम्रो ध्यान कास्की २ मा छ है भन्ने कुरा गर्नुभयो,’ उनले भने, ‘आधा रातसम्म पनि फोन आए । उम्मेदवार घोषणा गरेपछि १ बजेसम्म पनि फोन आयो ।’

उम्मेदवार घोषणासँगै पार्टीभित्रको गुट र अन्र्तघात पनि अन्त्य भएको उनले सुनाए । अघिल्लो चुनावमा रवीन्द्रले गुटकै कारण कांग्रेसको भोटले जितेको दाबी गर्दै निधिले गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । 

उनले कार्यकर्तालाई चनाखो भएर चुनावमा लाग्न निर्देशन पनि दिएका छन् । सभालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले वर्तमान सरकारको मनोमानीलाई हटाउन पनि कांग्रेसले चुनाव जित्नु पर्ने तर्क राखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप