शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई अमेरिकाले थप सहयोग गर्ने

बिहीबार, २१ कात्तिक २०७६, १७ : ३५
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग (युएसएआईडी)का एसिया व्युरो, सहायक प्रशासक ग्लोरिया डी. स्टीले ( ले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । 

गृहमन्त्रालयमा भएको भेटमा नेपालको विभिन्न क्षेत्रमा युएसआईडीले गर्दै आएको सहयोग तथा आगामी दिनमा आवश्यक सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुनःनिर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगका लागि आग्रह  गरेका छन् ।

गृहमन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया सुरु गरी प्राधिकरणका लागि प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरीसकेको जानकारी दिँदै गृहमन्त्री थापाले युएसएआईडीबाट प्राधिकरणका लागि आवश्यक सहयोग पाउने आशा व्यक्त गरे ।

भेटवार्तामा सहायक प्रशासक ग्लोरियाले नेपाल–अमेरिका सम्बन्धको चर्चा गर्दै नेपाललाई युएसआईडीले सहयोगको प्राथमिकतामा राखेको जानकारी दिइन् । उनले नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने तथा नेपालको अपेक्षाअनुसार थप सहयोग विस्तार गर्न आफुहरु तयार रहेको बताइन् ।

सहायक प्रशासक ग्लोरियाले विपद् व्यवस्थापन प्राधिकरण गठन अन्तिम चरणमा पुगेको जानकारी पाउँदा आफुलाई खुशी लागेको जानकारी दिँदै प्राधिकरणलाई आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको बताइन् ।
भेटवार्तामा नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी बेरी पनि सहभागी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप