केन्द्रीय संस्करण

एटीएम ह्याक प्रकरणः ६ चिनियाँ र ३ नेपाली पुर्पक्षका लागि जेल चलान

person explore access_timeकात्तिक २१, २०७६ chat_bubble_outline0

काठमाडौँ । एटीएम ह्याक प्रकरणमा पक्राउ गरेका ६ चिनियाँ नागरिक र ३ नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् । 

उच्च अदालत पाटनका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले उनीहरु जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका तीन नेपालीको हकमा धरौटी माग गरिएकोमा धरौटी बुझाउन नसकेपछि उनीहरु जेल चलान भएका हुन् । 

अदालतले मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछानेसँग तीस लाख धरौटी माग गरेको थियो भने रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख धरौटी माग गरेको थियो ।  चिनियाँ ह्याकरले बोकेको रकम साटेको आरोपमा उनीहरुलाई प्रहरीले भदौ १६ मा पक्राउ गरेको थियो ।  

राजधानीको दरबारमार्गमा बैंकको एटीएम ह्याक गरी रकम चोरी गरिरहेको अवस्थामा चिनियाँ नागरिक झु लियाङ्गगाङ्ग , चेन बिनबिन , लिन जियानमेङ्ग , लु जियालेई, कियु युनकिङ्ग, जु लुक्लीलाई प्रहरीले भदौ १५ गते रंगेहात पक्राउ गरेको थियो । 

उनीहरुले नविल र प्रभु बैंकको एटीएम पिन नम्बर ह्याक गरेका थिए । प्रहरीले उनीहरुबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र नौ हजार भन्दा बढी अमेरिकन डलर बरामद गरेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी होविन्द्र बोगटीको कमाण्डमा गएको टोलीले बैङ्कको अर्बौं रकम जोगाउन सफल भएको हो । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...