शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महाराष्ट्र सरकार गठनमा गतिरोध : भाजपाले पैसाको खेल सुरु गरेको शिवसेनाको आरोप

बिहीबार, २१ कात्तिक २०७६, १६ : १६
बिहीबार, २१ कात्तिक २०७६

एजेन्सी । शिव सेनाले भाजपामाथि पैसाको खेल सुरु गरेको आरोप लगाएको छ । महाराष्ट्रमा सरकार गठनसम्बन्धमा दुई मित्रशक्तिबीच मतभेद आएका कारण सरकार गठनमा ढिलाइ भइरहेको बेला शिवसेनाले यस्तो आरोप लगाएको हो ।

शिव–सेनाका प्रमुख उदव ठाकरेले भाजपाले आफ्ना विधायकलाई किन्न खोजेको आरोप लगाएका हुन् । 

अघिल्लो अक्टोबर २४ मा विधानसभाको निर्वाचन परिणाम आएदेखि दशकौंका सहयात्री भजपा र शिव सेनाबीचमा विवाद देखिएको छ । 

भर्खरै भएको विधान–सभा निर्वाचनमा भाजपा सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । उसले १०५ सिट हासिल गरेको छ । त्यस्तै दोस्रो ठूलो पार्टी बनेको शिव सेनाले ५६ सिट जितेको छ । 

शिव सेनाले आगामी समय मुख्य–मन्त्री पद भाजपा र आफ्नो पार्टीबीच आधा आधा समय बाडफाड गर्नुपर्ने माग गरेको छ । उता भाजपाले भने शिवसेनालाई महत्वपूर्ण मन्त्रालय दिन तयार भए पनि मुख्य मन्त्री पद नबाँड्ने बताएको छ ।

गतिरोध लम्बिदैं जाँदा शिव सेनाका नेताले भाजपालाई पैसाको शक्ति प्रयोग गरेको आरोप लगाएका हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप