शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यूएफएक्स सिनेमाजको नयाँ मल्टिप्लेक्स अब भक्तपुरमा

बिहीबार, २१ कात्तिक २०७६, १५ : ५५
बिहीबार, २१ कात्तिक २०७६

भक्तपुर– नेपालको नं १ सिनेमा चेन क्यूएफएक्स सिनेमाजले भक्तपुरमा आफ्नो पहिलो मल्टिप्लेक्स ठिमीको भाटभटेनीमा लन्च गरेको छ । 

रिगल सिनेमाज् प्रा.लि.को लगानी रहेको यस हलमा टिम क्वीस्टको व्यवस्थापन रहनेछ । नयाँ निर्माण गरिएको थिएटर भक्तपुरको ठिमी स्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको छ । 

थिएटरमा डेफ्थ क्यू थ्रीडी टेक्नोलोजीको प्रयोग गरिएको छ जुन आफ्नो क्षेत्रमा विश्वव्यापी लिडरको रुपमा रहेको छ यसका साथै तीनवटै स्क्रिनहरुमा डल्बी एटमस साउण्ड टेक्नोलोजी प्रयोग गरिएको छ जसले इन्हान्स साउण्ड क्वालीटी प्रदान गर्छ जसको फलस्वरुप दर्शकहरुले उत्तम अडियो सहितको पूर्ण तथा उत्कृष्ट अनुभव हुनेछ ।

नयाँ मल्टिप्लेक्समा क्रिष्टि प्रोजेक्ट सिस्टम पनि रहेको छ जसले पिक्सेलहरुको समायोजन गरी अप्टिमल इमेज क्वालिटी प्रदान गर्छ । जसले गर्दा दर्शकहरुले सबैभन्दा इन्हान्स्ड सिनेमेटीक एक्सपेरियन्स गर्न सक्नेछन् ।

हिलो पल्ट क्यूएफएक्स सिनेमाजको थिएटरमा रिक्लाइनर सिटहरुको व्यवस्था गरिएको यो नयाँ मल्टिप्लेक्समा जम्मा ७०२ सिट क्षमता रहेको छ जसमध्ये ४० वटा रिक्लाइनर सिट रहेका छन् । 

क्यूएफएक्स सिनेमाजले नयाँ चेनमा आफ्नो मोबाइल एप र लोयल्टी प्रोग्राम ‘गोजी’ पनि जारी राखेको छ साथै क्यासलेस ट्रान्जेक्सनको लागि अनलाइन टिकेटिङ सुविधा पनि उपलब्ध रहेको छ । यो नयाँ मल्टिप्लेक्समा किचेन सहितको फूड कोर्टमा ताजा खानाहरु पनि उपलब्ध हुनेछ । 

नयाँ मल्टिप्लेक्सको इन्टेरियर निकैनै आधुनिक तथा एलिगेस्ट रहेको छ । यो नयाँ तीन स्क्रिनको मल्टिप्लेक्स संचालन संगै क्यूएफएक्स सिनेमाजको जम्मा स्क्रिन संख्या २३ पुगेको छ ।

रिगल सिनेमाज् प्रा. लि. ले नेपालका दुई अरु लोकेशनहरुमा पनि चेन विस्तार गर्ने घोषणा गरेको छ जसमध्ये बुटवलको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु  र विराटनगरको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु पनि तुरुन्तै संचालनमा आउनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप