शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा चलचित्र महोत्सव उद्घाटन

बिहीबार, २१ कात्तिक २०७६, १४ : ४३
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं– ‘तराई पहाड हिमालको उत्सव’ नारा सहित ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ आजबाट वीरगन्जमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच उद्घाटन गरेको महोत्सव कार्तिक २३ अर्थात दिनसम्म चल्नेछ । 

कार्यक्रममा प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा लगायत दर्जन बढी नेपाली कलाकार तथा बलिउड अभिनेता गोविदाको समेत उपस्थिति रहेको थियो । 

वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा आयोजित महोत्सवको आज पहिले दिन बिहान घण्टाघर चोकदेखि महोत्सव स्थल रङ्गशाला चोकसम्म प्रभातफेरी समेत गरिएको थियो । 

सो अवसरमा नीर शाह, भुवन केसी, झरना थापा, दीपकराज गिरी, दिपाश्री निरौला निरुता सिंह, वर्षा शिवाकोटी, सरोज खनाल, बसुन्धरा भुसाल, भुवन चन्द, सुनिल थापा कलाकारको उपस्थिति रहेको थियो । महोत्सव कात्तिक २१, २२ र २३ गतेसम्म चल्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप