बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय दूतावास अगाडि विद्यार्थीहरुले लगाए ‘गो ब्याक इन्डिया’ को नारा

बिहीबार, २१ कात्तिक २०७६, १३ : ४३
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै अहिले देशभर प्रदर्शन भइरहेको छ ।

यसै क्रममा नेपाल विद्यार्थी संघ त्रिचन्द्र परिवारले राजधानी काठमाडौँस्थित भारतीय दूतावास अगाडि पुगेर विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले भारतलाई आफ्नो नक्सा सच्याउनका लागि दबाब स्वरुप विरोध प्रदर्शन गरिएको बताए । उनीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो’ प्लेकार्ड बोक्नुका साथै नारा समेत लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप