शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टेक्सासमा महिलाको हत्या गरेको आरोपमा १ जनालाई मृत्युदण्ड

बिहीबार, २१ कात्तिक २०७६, १३ : ४१
बिहीबार, २१ कात्तिक २०७६

वासिङ्टन– अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् ।

अभियुक्त हलले न्यू मेक्सिको नजिकको मरुभूमिमा ती हत्या गरिएकी महिलाको शव गाडेका थिए । ‘आर्यन सर्कल’ नामको समूह (ग्याङ) ले चलाएको लागूऔषध उत्पादन प्रयोगशालाका बारेमा प्रहरीलाई खबर दिने धम्की दिएपछि हलले ती महिलाको हत्या गरेको सरकारी वकीलले बताएका छन् ।

हलका वकिलहरुले मानसिक अस्वस्थताका कारण हलले ती महिलाको हत्या गरेको भन्दै माफी दिन अदालतसमक्ष पटकपटक आग्रह गरेका थिए, तर हल स्वयंले सन् २०१७ मा अदालतमा पुनः सुनुवाईका लागि आवेदन नगर्न वकीलहरुलाई आग्रह गरेका थिए ।

संयुक्तराज्य अमेरिकामा यसै वर्ष मृत्युदण्ड दिइएका हल १९औं व्यक्ति हुन् र तीमध्ये आठ जनालाई टेक्सासमा मृत्युदण्ड दिइएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप