केन्द्रीय संस्करण

दिल्ली प्रदूषण र जलवायु परिवर्तनको त्रासदी

person explore access_timeकात्तिक २१, २०७६ chat_bubble_outline0

भारतको नयाँ दिल्लीमा भएको प्रदूषण सङ्कटसँगै हामी नेपाली पनि मुक्त रहने अवस्था छैन । हाम्रो सङ्घीय राजधानी काठमाडौँ त अझ एउटा खाल्डो हो । यहाँको बाक्लो मानव बस्ती, सहरीकरणको चाप र अव्यवस्थित विकासका चालचलनले प्रदूषणको मारमा हामी पनि सिकार बनिरहेकै छौँ । यसले सीमाको दायरालाई पनि त मान्दैन । नयाँ दिल्लीका जनताको जनजीवन प्रभावित हुँदा विद्यालय बन्द छन् । सवारी साधन पनि जोरबिजोर चलाइएका समाचार छन् । ‘ग्याँस चेम्बर’ नामबाट भाइरल भएको समस्याका कारण यमुना नदीमा ‘फोम’ जम्मा भएको छ । ‘रेल्वे सेवादेखि हवाई सेवामा समेत अप्ठ्यारो पर्दा आपतकालीन स्वास्थ्यको मारमा त्यहाँका जनता भयभित छन् । नयाँ दिल्लीको यो अवस्था पहिलो र अचम्मको कुरा पनि त होइन । आज भारत र भारतीय जनता मात्र होइन त्यसको असर नेपालसम्म आइपुग्ने विज्ञहरू बताउन थालेका छन् ।    

जलवायु परिवर्तनको चक्रव्यूहबाट मानिसको दैनिक जीवन सङ्कटग्रस्त छ । मानव सभ्यता र सजीव प्राणीको जीवनमा पृथ्वीको उष्णीकरण तथा अप्रत्यासित जलवायु परिवर्तनको प्रभाव बढ्दो जोखिम हो । स्वाभाविक प्राकृतिक चक्रमा विचलन हुँदा अस्वाभाविक तथा असन्तुलित परिवर्तन भई यसले दीर्घकालीन जोखिम निम्त्याउँछ । तर, सरदर हिसाबमा हुने ऋतु परिवर्तन, मौसम परिवर्तन नै चाहिँ जलवायु परिवर्तन होइन । तथापि, मौसमको नियमित अवस्थाभन्दा अस्वाभाविक परिवर्तनले प्रलयको सङ्कट जन्माउँछ जुन अनिष्टकारी हुन्छ । मूलतः वायुमण्डलमा मिथेन, कार्बनडाइअक्साइड, नाइट्रस अक्साइडजस्ता हानिकारक मानिने ग्याँसको मात्रा बढ्दा हरितगृह ग्याँसको मात्रा चाहिनेभन्दा ज्यादा हुन्छ । यी ग्याँसहरूको पत्र बाक्लिँदै जाँदा पृथ्वीबाट परावर्तित ताप यतै फर्केर आउनाले तापमान वृद्धि हुन्छ । तब जलवायु परिवर्तन अर्थात् असहज परिवर्तन देखापर्दछ । यो विश्वव्यापी साझा समस्या हो ।

कार्बन उत्सर्जनका सम्भाव्यताका कोणबाट नेपालले विश्वसमुदायबीच व्यापारिक सम्झौता विकास गर्ने उद्देश्यलाई बोकेर प्रस्ताव राख्नुपर्ने रहरभन्दा बढी त बाध्यता हो भन्नुपर्छ ।  खाद्य सङ्कटको सिकार बन्दै असहज जीवनको धराशायी अवस्थाको न्यूनीकरणमा नेपालजस्ता मुलुकले अब चीन, रुस, भारत, अमेरिकाजस्ता मुलुकसँग क्षणिक स्वार्थ त्याग्न आग्रह गर्नुपर्ने आवश्यकता हो ।

यदि यो सुन्दर संसार नै प्राणी अस्तित्वका लागि प्रतिकूल भएमा विकल्प के छ ? अब जीव अनुकूलको प्राकृतिक सन्तुलनको जैविक जीवनचक्रलाई कसरी प्राकृतिक अवस्थामा फर्काउने ? दक्षिण कोरियामा वैज्ञानिक तथा सरकारी अधिकारीहरूबीच भएको एकहप्ते वार्तामा प्रस्तुत गरिएको प्रतिवेदनले औद्योगिक क्रान्तिको समयको स्तरका तुलनामा १.५ डिग्री सेल्सियस हुनुपर्नेमा उक्त दायरालाई नाघेर हाल ३ डिग्री बढेको तथ्यलाई पेस ग¥यो । तीन वर्ष लगाएर बनाइएको संयुक्त राष्ट्रसङ्घद्वारा जारी उक्त प्रतिवेदनले “पृथ्वीमा विनासकारी परिवर्तनहरू हुनबाट जोगाउन मानिसको जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक छ” भन्ने पक्षलाई ठहर गरेको छ । पृथ्वीभन्दा प्राकृतिक हिसाबमा सुन्दर र अनुकूल विकल्प त अन्त कतै पनि अवश्य छैन ।

विगत एक सय वर्ष (सन् १९०६ देखि २००५) सम्ममा पृथ्वीको औसत तापक्रममा ०.७४ डिग्री सेल्सियसले वृद्धि भएका वैज्ञानिकहरूका तथ्यलाई नियाल्दा मनमा ढ्याङ्ग्रो बज्छ । जर्मन सहर बोनमा प्यारिस सम्झौताका निर्देशिकाबारे भेलाले विश्वव्यापी तापमानलाई दुई डिग्री सेल्सियस मात्र पुग्न दिने भनेको भए पनि हालसम्मका अध्ययनका आधारमा सबै वाचाहरू पूरा हुँदा पनि सन् २१०० सम्ममा विश्वको औसत तापमान तीन डिग्री बढ्न सक्ने अनुमान छ । सन् २०१७ मा सबैभन्दा बढी तापक्रम वृद्धि गर्ने ग्याँसको मात्रा बढेको तथ्यलाई बीबीसी समाचारमा उल्लेख छ । समाचारमा उल्लेख छ– सन् २०१७ मा कार्बनडाइअक्साइडको मात्रा ४०५ पीपीएम पुग्यो । यो मात्रा पृथ्वीको वातावरणमा विगत ३०–४० लाख वर्षमा कहिल्यै पुगेको थिएन । जलवायु परिवर्तनसम्बन्धी अन्तर्सरकारी प्यानल (आईपीसीसी) ले आफ्नो प्रतिवेदनमा ऊर्जा खपत, यात्राका आवश्यक निर्माण सामग्रीहरू, हाम्रा खाद्यान्नमा आमूल नाटकीय परिवर्तन हनेहुँदा अब यस्तो खतरा न्यूनीकरणका लागि ऊर्जाको पुनप्र्रयोगका क्षेत्रलाई द्रूत रूपमा विकास गर्नुपर्ने बुझिन्छ ।

अनपेक्षित रूपले वृद्धि भएको पृथ्वीको तापमानको असरका कारण माल्दिभ्स र बङ्गलादेशका टापुहरू डुबानमा पर्दैछन् । हिमनदी खुम्चने, प्राकृतिक प्रकोपका जोखिमहरू बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, पानीको मुहान सुक्ने, खडेरी, मरुभूमीकरण लगायतका पारिस्थितिक पद्धतिको नाटकीय उथलपुथल हुन्छन् । कतिपय वनस्पति तथा जीवहरूको अस्तित्वले सदाका लागि बिदा लिइरहनु परेको छ । यसअघि नेपालमा ०.०६ डिग्री सेल्सियसका दरले वृद्धि भइरहेको तापक्रम ०.०५६ दरमा बढिरहेको समाचारमा आइरहेका छन् । असन्तुलित प्राकृतिक नियमले मानव सभ्यता र सजीव प्राणीको अस्तित्वमा खतराको सङ्केत देखा पर्न थालिसकेका छन् ।

जर्मनीका वैज्ञानिकहरूले ६३ वटा प्रकृति संरक्षण केन्द्रमा गरेको अध्ययनमा पुतली र मौरीसहित विभिन्न प्रजातिका ७५ प्रतिशतभन्दा पनि बढी उड्ने कीराहरूको सङ्ख्या घटेको देखाएका छन् । घटनाको वास्तविक तथ्य पत्ता नलगाइएको भए पनि वैज्ञानिकहरूले खेतमा प्रयोग गरिने कीटनाशक औषधिका कारणलाई देखाएर चिन्ता प्रकट गरेका छन् । यसको प्रभावले धेरैजसो चरा, उभयचर, चमेरा, घस्रने जनावरको आहारा कीराहरू नै भएको हुँदा पृथ्वीको जीवनचक्रमा दूरगामी असर पर्ने बताएको पाइन्छ । वैज्ञानिकहरूका मतअनुसार पृथ्वीको तापक्रम यदि २ डिग्री सेल्सियसले बढेमा समुद्रमा रहेको ‘कोरल रिफ’ भनिने मुगाको वासस्थान मासिने, विश्वव्यापी रूपमा नै समुद्रको सतह झन्डै १० सेन्टिमिटरले बढ्छ । समुद्रको तापक्रम र अम्लीयपनमा प्रभाव पर्दा धान, मकै जस्ता खाद्यान्नमा प्रत्यक्ष प्रभाव पर्ने भनिएको छ । आज हामीले भोग्दै आएका छौँ– बालीनालीको उत्पादकत्वमा पूmल फुल्ने, फल लाग्ने समयान्तर बढेको छ । हिमताल फुट्न थालेका छन् । हिउँका ढिक्काहरू टुक्रिँदै जाँदा हिमरेखा माथितिर सर्न थालेका छन् । यो भयावह असरको दोषी नेपाल आपूm होइन तर यसको प्रभावमा हामी पिल्सिरहेका छौँ । हामीले अरूले गरेका गल्तीको सजाय भोगिरहेका छौँ ।

सहरीकरणको चर्को मात्रामा बढेको फोहोर, इँटाभट्टाको धुवाँ, पुराना सवारी साधन, वन फँडानी या त औद्यागिक स्थानका प्रदूषणको मात्रा वृद्धिले जैविक विविधतामा ह्रास ल्याएका घटनामा हामी पनि सामेल हौँला । लामखुट्टेले हिमालमा पनि प्रभुत्व जमाउँछ । श्वासप्रश्वास, क्यान्सर, एलर्जी, इन्फेक्सन, क्यान्सर आदिका रोगी बढिरहेका डाक्टरहरूको मत पाइन्छ । यही तापमान वृद्धिको चक्रव्यूहले मूलतः चिसो क्षेत्रमा हुने गहुँ तथा मकै उत्पादनमा २० देखि ५० प्रतिशतसम्म कमी आउने अनुमान गरिएको छ । वासिङ्टन र भर्मट विश्वविद्यालयका वैज्ञानिकहरूले उच्च तापक्रम भएका क्षेत्रमा कीराफट्याङ्ग्राको तीव्र रूपमा वृद्धि भई तिनीहरूले बाली नष्ट पार्ने बताएका छन् । गर्मी क्षेत्रमा भने अहिल्यै उक्त समस्या बढ्दा बालीमा चरम समस्या उत्पन्न भएको बताइएको छ । यसका लागि आनुवंशिक रूपमा बालीको संशोधन गरिएको बाली लगाउने, बालीको चक्र परिवर्तन गर्ने तथा कीटनाशक औषधि प्रयोगको सुझाव पस्केको छ । वैज्ञानिकहरूले “यो शताब्दीको अन्त्यसम्ममा विश्वव्यापी समुद्री सतह ८ फिट जतिले बढ्ने सम्भावनालाई नकार्न सकिँदैन” भन्ने जटिल तथ्य पस्किरहेका खबर छन् । प्रभावतः खडेरी र बाढीको जोखिम बढ्ने तथा डढेलो एवम् विनासकारी आँधीहरू प्रायः आइरहने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसङ्घले बर्सेनि उत्सर्जन विश्लेषणलाई प्रस्तुत गर्दै आएको छ । वातावरण कार्यक्रमको नयाँ प्रतिवेदनमा विश्व, हरितगृह ग्याँस उत्सर्जन कटौतीको लक्ष्य भेट्ने दिशा नरहेको बताइएको छ ।

हामीलाई अचम्म लाग्न सक्छ, वैज्ञानिकहरूले वायुमण्डलमा हानिकारक मानिएको अत्यधिक मिथेन ग्याँस हुनुमा गाईभैँसीको डकार र तिनको पेटबाट निस्कने ग्याँसलाई कारक मान्छन् । वैज्ञानिकहरू यी जनावरहरूमा लसुन, केसर र अन्य सागसब्जी खुवाएर सो उत्सर्जन रोक्ने उपायका खोजीमा लागेको बीबीसीले बताएको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरूले गाईले खाने ग्याँसलाई कम हानिकारक बनाउन समुद्री लेउ खुवाउन सकिने कुरालाई प्रस्तुत गरेका छन् । सो अध्ययनले उक्त प्रयोगबाट मिथेनको मात्रामा ३० प्रतिशतले कमी आएको बताएको छ । सन् २००६ मा प्रकाशित एउटा अध्ययनले जलवायु परिवर्तनमा गाडि र कलकारखनाको धुवाँभन्दा बढी गाईको पेटबाट निस्कने मिथेन ग्याँस जिम्मेवार हुने तथ्यलाई पस्केको छ । कार्बनडाअक्साइडको तुलनामा तुलनामा मिथेन ग्याँसले हरितगृह ग्याँसलाई बढी मात्रामा बाँधिराख्ने भएकाले यो विश्व तापमान वृद्धिको कारण हो ।

जलवायु परिवर्तनबाट पुरुषका तुलनामा महिलाहरू बढी प्रभावित हुने सम्भावनालाई अध्ययनहरूमा औँल्याइएको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कमा जलवायु परिवर्तनका कारण विस्थापितमध्ये ८० प्रतिशत महिला रहेको देखाएका छन् । हेरचाह, स्याहार गर्ने, भान्सा र इन्धन प्रयोगमा प्राथमिक भूमिकामा रहेका कारण उनीहरू बढी बाढी र खडेरीमा बढी जोखिम वहन गर्न विवस बनेको कुरा उल्लेख गर्दै प्यारिस सम्झौताले महिला सशक्तीकरणसम्बन्धी प्रावधान राखेको बुझिन्छ । यसका आधारहरूलाई हेर्दा प्रभावितमध्ये ग्रामीण भेगमा, गरिबीमा बेहोर्ने संसारभर महिला नै बढी छन् । सामाजिक तथा आर्थिक अधिकार उनीहरूमा कम हुनु, श्रीलङ्का, इन्डोनिसिया र भारत लगायतका स्थलहरूमा प्रभावितमध्ये तीन पुरुष जीवित रहँदा एक महिला मात्र (३ः१ को अनुपातमा) जीवित बनेको बुझिन्छ ।

हरितगृह ग्याँसको विकल्पलाई खोजी दीर्घकालिक भावी सन्ततिलाई पनि यो पृथ्वी सुन्दर, शान्त र प्राकृतिक सन्तुलनयुक्त अर्पनु पर्ने विषय गम्भीर बन्दै छ । नेपालले खानी उत्खनन गरेको छैन । प्रकृति संरक्षणकै पाटामा विशेष भूमिका खेलिरहेकै छ । वैकल्पिक ऊर्जा विकास, सौर्य, वायु ऊर्जा विकास, नवीकरणीय ऊर्जा विकास तथा वातावरण संरक्षणले थप लाभ प्रदान गर्ने देखिन्छ । फोहोर तथा बस्ती व्यवस्थापन, डढेलो नियन्त्रण, प्रकोपको न्यूनीकरणका पूर्वसचेताहरू हितकारी उपाय हुन सक्छन् । यहाँको पर्यटन विकास, स्वस्थता, रोजगार प्रवद्र्धनका पाटामा पनि यी विषय सकारात्मक बन्छन् । गोबर ग्याँसको प्रयोग, सजीवनको तेलले डिजेलको काम गरेका विकल्पको बाटोमा हामीले हिँड्न सक्दा नवीन नमुनागत दृष्टान्त बन्न सकिएला । आज डेनमार्क, अमेरिका, चीन, ब्राजील लगायतका मुलुकमले वैकल्पिक ऊर्जाको उपयोगको विकल्पमा ध्यान पु¥याइरहँदा हामीले पनि वातावरणीय ह्रासलाई जोगाई नवीकरणीय स्वास्थ्यवद्र्धक ऊर्जाका पाटामा हात बढाउनु राम्रो हुने देखिन्छ ।      

(सम्बन्धित विषयमा प्रकाशित विभिन्न सन्दर्भ सामग्रीहरूका आधारमा)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...