शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नापोलीमा खेलाडीहरुको विद्रोह, एन्चेलोटीको पद धरापमा

बिहीबार, २१ कात्तिक २०७६, १० : १२
बिहीबार, २१ कात्तिक २०७६

एजेन्सी । खेलाडीहरुले क्लबका अध्यक्षबिरुद्ध विद्रोह गरेपछि कार्लो एन्चेलोटीको पद धरापमा परेको छ ।

च्याम्पियन्स लिगमा आरबी साल्सबर्गबिरुद्ध १–१ को बराबरीमा रोकिएको नापोलीले सबै प्रतियोगितामा पछिल्ला १० खेलमा मात्र तीन खेल जितेको छ ।

इटालियन लिगमा रोमाबिरुद्ध हार बेहोरेपछि क्लबमा अध्यष आउरेलियो डे लरेन्टिसले खेलाडीहरुलाई सजाय स्वरुप ट्रेनिङ रिट्रिटमा पठाउने निर्णय गरेका थिए । इटालियन फुटबलमा यसलाई ‘इन रिटिरो’ भनिन्छ ।

नापोलीको कास्टेल भोल्टुर्नोमा आयोजना गरिने क्याम्प एक हप्ता लामो हुने बताइएको थियो । तर, खेलाडीहरुले टीमको बस नचढेर आफ्नै कारमा घर फर्किएका थिए । यसलाई खेलाडीहरुले लरेन्टिसबिरुद्ध विद्रोह गरेको इटालियन पत्रिका ला गाजेडा डेलो स्पोर्टले लेखेको थियो ।

बुधबार क्लबले एक वक्तव्य जारी गरेर उक्त आशंकालाई पुष्टि गर्दै खेलाडीहरुमाथि कानुनी कारवाही गरिने जनाएको थियो ।

खेलाडीहरु घर पुगेपछि पूर्व निर्धारित होटलमा एन्चेलोटी एक्लै पुगेका थिए । यस प्रकरणमा एन्चेलोटीले राजीनामा दिनसक्ने वा क्लबले उनलाई हटाउन सक्ने अनुमान गरिएको छ । मङ्गलबार च्याम्पियन्स लिगमा बराबरी खेलेपछि एन्चेलोटी नियमित पत्रकार सम्मेलनमा पनि उपस्थित हुन मानेनन् ।

स्ट्राइकर फर्नान्डो लोरेन्टे पनि पत्रकार सम्मेलनमा उपस्थित हुने बताइए पनि लोरेन्जो इन्सिन्येले मात्र पत्रकारहरुको सामना गरेका थिए ।

युइएफएले यस प्रकरणमा क्लबलाई कारवाही गर्ने पनि बताइएको छ ।

इटालियन लिगमा शीर्ष स्थानमा रहेको युभेन्टसभन्दा ११ अंकले पछि परेको नापोली लिगको सातौँ स्थानमा सिमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप