शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जब गोलकिपर बन्न बाध्य बने वाकर !

बिहीबार, २१ कात्तिक २०७६, ०९ : १९
बिहीबार, २१ कात्तिक २०७६

एजेन्सी । बुधबार राती एटलान्टाबिरुद्धको च्याम्पियन्स लिगको खेलमा इङ्लिस च्याम्पियन म्यान्चेस्टर सिटीले अन्तिम १० मिनेट ‘नर्भस’ भएर बिताउनुपर्यो ।

सान सिरोमा घाइते हुँदै गोलकिपर एडर्सनलाई गुमाएको सिटीले उनको स्थानमा आएका क्लाउडियो ब्राभोलाई रातो कार्ड खाँदै गुमायो ।

पेप ग्वार्डिओलासँग अब बाँकी गोलकिपर नै थिएन । त्यस्तो अन्तिमतिर ‘हिरो’का रुपमा आइपुगे इङ्ल्याण्डका डिफेन्डर कायल वाल्कर ।

गोलपोष्ट सम्हालन पुगेका वाकरले एउटा फ्रिकिकको प्रहार रोके भने त्यसपछि पनि गोलकिपरको भूमिका उत्कृष्ट रुपमा निभाए । १० खेलाडीमा सिमित भएको सिटीले एटलान्टासँग उसैको मैदानमा १–१ गोलको बराबरीमा खेल्यो ।

सिटीले खेलको सातौँ मिनेटमै अग्रता बनाएको थियो । सिटीका लागि रहिम स्ट्रलिङले गोल गरे । त्यसपछि ४३औं मिनेटमा गाब्रियल जेससले पेनाल्टी मिस गर्दा सिटी दबाबमा परेको थियो ।

त्यसपछि दोस्रो हाफको सुरुमै एटलान्टाले बराबरी गोल फर्कायो । एटलान्टाका मारियो पासालिकले ४९औं मिनेटमा गोल गरे ।

८१औँ मिनेटमा सिटी १० खेलाडीमा समेटियो । सिटीका गोलरक्षक क्लाउडियो ब्राभोले एटलान्टाका जोसिप इलिसिसलाई फल हानेपछि रातो कार्ड पाएका थिए । त्यसपछि सिटीले बराबरीमा चित्त बुझाउँदै अंक बाँडेको हो ।

बराबरीसँगै शीर्ष स्थानमा रहेको सिटीले चार खेलबाट १० अंक बनाएको छ । एक अङ्क बनाएको एटलान्टा अन्तिममा छ । यही समूहको अर्को खेलमा  साख्तर डोनेस्क र डाइनामो जाग्रेवले पनि ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । बराबरीसँगै समान पाँच अङ्क बनाएका साख्तर र डाइनामो दोस्रो र तेस्रो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप