बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गाब्रियल जेससले पेनाल्टी मिस गरेपनि बराबरीमा रोकियो सिटी

बिहीबार, २१ कात्तिक २०७६, ०८ : ५२
बिहीबार, २१ कात्तिक २०७६

गाब्रियल जेससले पेनाल्टी मिस गरेपनि इङ्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग छनोट खेलमा इटालियन क्लब एटलान्टासँग बराबरीमा रोकिएको छ । समूह ‘सी’ अन्तर्गत बुधबार राति भएको खेलमा सिटी एटलान्टासँग उसैको मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो ।

सिटीले खेलको सातौ मिनेटमै अग्रता बनाएको थियो । सिटीका लागि रहिम स्ट्रलिङले गोल गरे । त्यसपछि ४३औं मिनेटमा गाब्रियल जेससले पेनाल्टी मिस गर्दा सिटी दबाबमा परेको थियो । एटलान्टाका खेलाडीले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा सिटीलाई पेनाल्टी दिएको थिए । जेससको  पेनाल्टी प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । त्यसपछि दोस्रो हाफको सुरुमै एटलान्टाले बराबरी गोल फर्कायो । एटलान्टाका मारियो पासालिकले ४९औं मिनेटमा गोल गरे ।

८१औं मिनेटमा सिटी १० खेलाडीमा समेटियो । सिटीका गोलरक्षक क्लाउडियो ब्राभोले एटलान्टाका जोसिप इलिसिसलाई फल हानेपछि रातो कार्ड पाएका थिए । त्यसपछि सिटीले बराबरीमा चित्त बुझाउँदै अंक बाँडेको हो । बराबरीसँगै शीर्ष स्थानमा रहेको सिटीले चार खेलबाट १० अंक बनाएको छ । एक अंक बनाएको एटलान्टा अन्तिममा छ । यही समूहको अर्को खेलमा  साख्तर डोनेस्क र डाइनामो जाग्रिवले पनि ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै समान पाँच अंक बनाएका साख्तर र डाइनामो दोस्रो र तेस्रो स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप