शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवनियुक्त प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण

बुधबार, २० कात्तिक २०७६, २० : ५३
बुधबार, २० कात्तिक २०७६

बुटवल – पाँच नम्बर प्रदेश प्रमुख धर्मनाथ यादवले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रदेश प्रमुख यादवले बुधबार साँझ रुपन्देहीको बुटवलस्थित प्रदेश ५को अस्थायी राजधानीको प्रदेश कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणका क्रममा प्रदेश प्रमुख यादवले आफ्नो लागि नयाँ जिम्मेवारी भएको भन्दै सिक्दै बुझ्दै प्रदेशवासीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । आफुले पाएको जिम्मेवारी इमान्दारी पूर्वक पुरा गर्ने उनले बताए । उनले प्रदेशबासीले आफूलाई साथ दिने विश्वास समेत व्यक्त गरे  । सो अवसरमा  प्रदेशका कानुनमन्त्री कुलप्रसाद केसी, कृषिमन्त्री आरती पौड्यल, उद्योगमन्त्री लिला गिरीको उपस्थिति थियो । आज बिहान यसअघिका प्रदेश प्रमुख उमाकान्त झालाई बिदाई गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप