शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कट्रिनाको तस्बिरले बढ्यो फ्यानको दिलको धड्कन

बुधबार, २० कात्तिक २०७६, १७ : २७
बुधबार, २० कात्तिक २०७६

मुम्बइ । अभिनेत्री कट्रिना कैफको हट अवतारका तस्बिरले अक्सर सामाजिक संजाल तताउने गर्दछ । तस्बिर मार्फत फ्यानको दिलको धड्कन समेत बढाउने गर्छिन् ।

अहिले पनि कट्रीनाको केही यस्ता तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिरले जो कोहीको पनि दिलको धड्कन बढाउन सक्छ । तस्बिरमा कट्रिना निकै हट एण्ड क्युट देखिएकी छन् । 

कट्रिनाले तस्बिर एक चर्चित इन्डियन म्यागजिनका लागि खिचाएकी हुन् । तस्बिरका लागि उनले सेक्सी आउटफिटको प्रयोग समेत गरेकी छन् । 

सार्वजनिक केही तस्बिरमा कट्रिना फरक फरक ड्रेसअपमा देखिएकी छन् । एक तस्बिरमा उनले पिंक एण्ड गोल्डेन कलरको स्टाइलिस ड्रेस समेत प्रयोग गरेकी छन् । यो ड्रेसअपमा उनी बोल्ड देखिएकी छन् । 
अर्काे एक ड्रेसमा कट्रीनाले अरेन्ज कलरको वानपिस लगाएकी छन् । यसमा पनि उनलाई निकै हट देख्न सकिन्छ । 

अर्काे एक तस्बिरमा उनी ग्रीन कलरको ड्रेसअपमा देखिएकी छन् । तस्बिरमा देखिएको उनको पोज फ्यानको ढुकढुकी बढाउने खालको रहेको छ । 

उनी पीच कलरको वेस्ट कट वान पिसमा पनि देखिएकी छन् । जुन लुक पनि कट्रीनाको अहिलेसम्मकै फरक भएको दावी गरिएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप