शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जेलभित्र निरङ्कुशतन्त्र जस्तै अर्को सत्ता रहेको छ: गृहमन्त्री थापा

बुधबार, २० कात्तिक २०७६, १७ : १८
बुधबार, २० कात्तिक २०७६

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपालका जेलभित्र निरङ्कुशतन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गरेका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले नेपालको जेलभित्र छुट्टै सत्ता रहेको बताएका हुन् । 

समितिले केहि समयअघि नेपालका जेल तथा हिरासत कक्षको स्थलगत अनुगमन गरेपछि गृहमन्त्री गृहसचिव महान्यायधिवक्ता लगायतलाई छलफलको लागि बोलाएको थियो । समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले जेलको कडा सुरक्षाको घेराभित्र पनि अर्को सत्ता रहेको भन्दै मन्त्रीसँग वास्तविकता केहो भनेर जवाफ मागे पछि गृहमन्त्री थापाले नेपालका जेलभित्र निरङ्कुश सत्ता रहेको स्वीकारेका हुन् ।

सांसदहरुले जेल भित्रका नाइके, भाइ नाइके जस्ता कैदीले अलग्गै सत्ता चलाएको र जेलको सुरक्षामा खटिने प्रहरी समेत निरिह बनेको बताएका हुन् । सांसदको जिज्ञाशामा मन्त्री थापाले जेल भित्रको आन्तरिक प्रसासनलाई लोकतान्त्रिक बनाउन सरकारले प्रयास थालेको बताए । 

राज्यव्यवस्था तथा सुशासन समितिले सभापति शशी श्रेष्ठको नेतृत्वमा देश भित्रका प्रमुख जेल तथा बन्दीगृह र हिरासत कक्षको स्थलगत अनुगमन गरेको थियो । समितिले अनुगमनपछि नेपाल सरकारलाई जेल तथा बन्दीगृह र हिरासत कक्षको सुधारको लागि विभिन्न २८ बुँदामा निर्देशन दिने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप