केन्द्रीय संस्करण

नेपाल क्लियरिङ्ग हाउसलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान

person explore access_timeकात्तिक २०, २०७६ chat_bubble_outline0

काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)लाई "SAFA Best Presented Annual Report Awards" अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिने भएको छ । 

दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट (साफा) समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने छ ।

साफाले सो अवार्ड ढाकामा ३० नोभेम्बर २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गर्नेछ ।यसअघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान)द्वारा संचालित बीपीए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो । त्यसपश्चात सो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरि मुल्याकंनका लागि साफामा पठाएको थियो ।

एनसीएचएलले भुक्तानी तथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तीय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू लगायत स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.