बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङजामा कुवामा डुबेर १ पुरुषको मृत्यु

बुधबार, २० कात्तिक २०७६, १४ : ४९
बुधबार, २० कात्तिक २०७६

स्याङजा– कुवामा डुबेर आज बिहान एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । 
 
गुल्मीको सत्यवती गाउँपालिका लुम्पेकका कामी विगत झण्डै १०÷१२ वर्षदेखि भुष्टुङमै बस्दै आएका स्थानीय चोलाकान्त पाण्डेले बताए । कुवामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको कारण खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप