शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बुधबार, २० कात्तिक २०७६, १४ : १६
बुधबार, २० कात्तिक २०७६

चितवन– मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज बिहान चितवन जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको नागरिक समाजका अध्यक्ष केदार मल्लले उद्घाटन गरे । 

कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि शुरु भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए । उनले २७ गते मनोनयन दर्ता र मंसिर १ गते अन्तिम चुनाव चिन्ह वितरणको कार्यक्रम रहेको बताए । 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।

यस्तै आज नै पूर्वी चितवनको खैरहनी नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पुरानो नगरपालिकाको भवनमा निर्वाचन अधिकृत विद्याराज पौडेलले कार्यालयको उद्घाटन गरे । चितवनमा भरतपुर महानगरपालिका –१६ खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो ।

शक्तिखोर–फिस्लिङ सडक निर्माण तीब्र गतिमा

 चितवनको शक्तिखोरदेखि फिस्लिङ जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । एशियाली विकास बैंकको अनुदानमा फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर सडक आयोजनाको काम धमाधम भइरहेको हो । 

ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई ललितपुरले अनुगमन गर्ने गरी गत वर्षको पुस महिनामा शिलान्यास भएको सडकको २५ प्रतिशत निर्माणको काम सम्पन्न भएको आयोजनाका इञ्जिनीयर कालीबहादुर शाहीले जानकारी दिए । 

चेपाङको बाहुल्य रहेका पहाडमा पिचसहितको सडक निर्माण हुने भएपछि स्थानीयवासी दङ्ग भएका छन् । स्थानीयवासी शन्तबहादुर चेपाङ दिनभर हिँड्नुपर्ने बाटो सडक निर्माण भएपछि एक÷दुई घण्टामानै पार गर्न सकिने भएको बताए ।    शक्तिखोरदेखि फिस्लिङसम्मको दुरी ४७ किमि छ । तर ३७।९ किमि सडकमात्रै कालोपत्र हुनेछ । निर्माणको जिम्मा साञ्जी एण्ड आशिष जेभिले पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप