शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साँखुबाट नक्कली सुन देखाई ठगी गर्ने २ जना पक्राउ

बुधबार, २० कात्तिक २०७६, १४ : ००
बुधबार, २० कात्तिक २०७६

काठमाडौं– नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले मङ्गलबार साझँ बेँसीगाउँबाट पक्राउ गरेको छ । बिक्री वितरणका लागि नक्कली सुन देखाई हिँडिरहेका भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय बौद्धले दोलखा गौरीशङ्कर गाउँपालिकाका २३ वर्षीय मीनबहादुर तामाङ र सोही ठेगाना भएका २० वर्षीय पेम्बा तामाङलाई नियन्त्रणमा लिएको हो ।
 
लामो समयदेसख ‘फाइन गोल्ड वान केजी’ लेखिएको सुनजस्तो देखिने पहेँलो धातु बोकेर बिक्री वितरणका लागि ठगी गर्ने व्यक्ति हिँडिरहेका प्रहरीले जनाएको छ । पक्राउपछि उनीहरुलाई आज म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने बौद्धका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप