मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

बुधबार, २० कात्तिक २०७६, १३ : २३
बुधबार, २० कात्तिक २०७६

जनकपुर । नवनियुक्त प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई जनकपुरमा स्वागत गरिएको छ ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले उनलाई जनकपुर विमानस्थलमा स्वागत गरेका थिए । स्वागत लगत्तै उनीहरु काठमाडौँका लागि प्रस्थान गरेका थिए । 

यस्तै परियारलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सरकारका भौतिक पूवार्धार तथा विकास मन्त्री जितेन्द्र सोनलले स्वागत तथा अभिनन्दन गरेका थिए । लगत्तै नेपाली सेनाको एक टुकडीले प्रदेश प्रमुख परियारलाई सलामीका साथ सम्मान गरेको थियो । 

स्वागत समारोहमा नम्बर २ का मुख्यसचिव दिपक सुवेदी, प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्कीलगायत पनि सहभागी थिए । 

यता प्रदेश प्रमुख परियारले पदभार ग्रहण गर्दै संविधानसम्मत प्रदेश प्रमुखले गर्ने काम कर्तव्य गर्ने बताए । उनले विगतमा आफू पार्टीको नेता कार्यकर्ता रहेको तर अहिले जिम्मेवार पदमा रहेको भन्दै विधेयकहरु अध्ययन गरी राष्ट्र हित र संविधानसम्मत रहेमा मात्रै प्रमाणीकरण गर्ने स्पष्ट पारे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप