बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्रसहित नौ खेलाडीको प्रथम श्रेणीमा डेब्यु

बुधबार, २० कात्तिक २०७६, ११ : २५
बुधबार, २० कात्तिक २०७६

काठमाडौँ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध प्रथम श्रेणीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिला बलिङ रोजेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा अहिले नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ भने एमसीसी टोली ब्याटिङमा छ ।

यस खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने सहित नौ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् ।

डेब्यु गर्नेमा राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी र पवन सरार्फ छन् । यीसँगै प्लेइङ सेटमा सोमपाल कामी र शरद भेषवकर रहेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेट खेलेको हो ।

नेपालले यसअघि सन् २००५ मा यूएईसँग कीर्तिपुरमा प्रथम श्रेणीको खेलेको थियो ।

त्यतिवेला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले टेस्ट मान्यता नपाएका देशलाई समेट्दै प्रथम श्रेणीको अन्तर महादेशीय कप आयोजना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप