अर्घाखाँचीमा कार दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु
बुधबार, २० कात्तिक २०७६, ११ : ००
बुटवल । अर्घाखाँचीको ठाडा नजिकै कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
रुपन्देहीको मुर्गियाबाट सन्धीखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्वरको कार सन्धीखर्क नगरपालिका वडा नम्वर ६ ठाडा देखि ३०० मिटर अगाडी (सन्धीखर्कतर्फ) दुर्घटना हुँदा पाणिनी गाउँपालिका ८ घर भइ रुपन्देहीको सैनामैनामा बस्दै आएका ८० वर्षीय दुर्गादेवी खड्का र उनका दुई छोरा ३९ वर्षीया तीबलहादुर तथा भक्तबहादुरको ज्यान गएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
यस्तै घाइते गंगाबहादुर खड्का र बिनोद खड्कालाई उपचारका लागि बुटवल पठाइएको छ ।
घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीका अनुसार कार अनियन्त्रित भइ सडकदेखि करीब सय मिटर तल खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा