शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्मिथको ब्याटिङमा घुम्यो पाकिस्तान

मङ्गलबार, १९ कात्तिक २०७६, २२ : ३९
मङ्गलबार, १९ कात्तिक २०७६

एजेन्सी-स्टिभ स्मिथले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानविरुद्धको दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली अस्ट्रेलिया सजिलै विजयी भएको छ । मंगलबार भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई सात विकेटले हरायो । जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १—० को अग्रता लिएको छ । यसअघि पहिलो खेल अनिर्णित रूपमा सकिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५० रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमदले अर्धशतक बनाए । ओपनर बाबरले ५० र इफ्तिखार अहमदले अविजित ६२ रन बनाएका थिए । मोहम्मद रिजवानले १४ र इमाद वसिम ११ रन बनाएका थिए । अस्ट्रेलियाका एस्टन अगरले दुई तथा केन रिचर्डसन र प्याट कुमिन्सले एक÷एक विकेट लिए ।

एक सय ५१ रनको विजय लक्ष्य पाएको अस्ट्रेलियाले १८.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । अस्ट्रेलियाको नितमा स्टिभ स्मिथले अविजित ८० रन बनाए ।  स्मिथले ५१ ब्लमा एक छक्का र ११ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।

बेन म्याकडर्मोटले २१, डेभिड वार्नरल २० र कप्तान एरोन फिन्च १७ रनमा पेभेलियन फर्किएका थिए । पाकिस्तानका मोहम्मद इरफान, इमाद बसिम र मोहम्मद आमिरले एक÷एक विकेट लिए । अस्ट्रेलियाका स्मिथ म्यान अफ दी म्याच घोषित भए । शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

                        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप