शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा उपनिर्वाचनः  ६ मतदान केन्द्र अतिस‌ंवेदनशील

मङ्गलबार, १९ कात्तिक २०७६, १७ : ५६
मङ्गलबार, १९ कात्तिक २०७६

बुटवल ।  प्रदेश नम्बर ५ का ७ जिल्लाका ९ स्थानमा मंसीर १४ गते उपनिर्वाचन हुँदैछ । यो प्रदेशमा हुन लागेको मध्ये सवैभन्दा धेरै चर्चा गरिएको दाङको निर्वाचन क्षेत्र हो । 
किनकी जहाँ प्रदेशसभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ । दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का लागि उपनिर्वाचन हुन लागेको हो । 

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका लागि ८२ वटा मतदान केन्द्र समेत निर्धारण गरिएको छ । जसमा प्रदेशसभाका लागि ७७ वटा र वडाका लागि ५ वटा केन्द्र  तोकिएको छ ।

तीमध्ये २६ मतदानस्थल संवेदनशील, ६ स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ । त्यसकालागि सुरक्षा व्यबस्था कडा बनाउन कार्ययोजना बनाइएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द्र प्रसाद रिजालले बताए ।  तर कुन कुन स्थलमा सुरक्षा चुनौति भएको भन्नेबारे भने उनले खुलाउन चाहेनन् ।

प्रदेशसभामा नेकपाले  विमला वोलीलाई उम्मेदवार बनाएको छ । उनी स्वार्गीय उत्तर कुमार वलीको श्रीमति हुन् । उत्तर कुमारको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । यस्तै काँग्रेसले भने उम्मेदवारी टुंग्याउन बाँकी छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप