शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्दै, उच्च प्रतिफल पाइने (भिडियोसहित)

मङ्गलबार, १९ कात्तिक २०७६, १५ : ११
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौँ । सनराइज बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ । बुधबारदेखि जारी हुने यस ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत रहेको छ । यसअघि बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ । 
ऋणपत्र निरन्तर उच्च प्रतिफल लिइरहने ग्राहकका लागि अति उपयोगी हुने बैंकका सिइओ जनक शर्मा पौड्यालले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिए । 

बैंकको यो ऋणपत्र सात वर्षको हुनेछ । ६–६ महिनामा ब्याज भुक्तानी हुनेछ । बैंकले ६० प्रतिशत संस्थागत र ४० प्रतिशत सर्वसाधारणलाई बिक्री खुला गर्ने जनाएको छ । यस ऋणपत्रका लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्म पर्याप्त आवेदन नपरे मंसिर १९ गतेसम्म बिक्री खुला हुनेछ । यस ऋणपत्रको निस्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई तोकिएको छ । 

ऋणपत्रका लागि बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसबाहेक आस्वा प्रणालीमार्फत जुनसुकै बैंकबाट पनि आवेदन दिन सकिन्छ । ऋणपत्र खरीदका लागि बैंक खाता अनिवार्य गरिएको छ । 

बैंकले चालु बर्षको पहिलो त्रैमासमा (साउनदेखि असोज मसान्तसम्म) ८० अर्ब ३० करोड निक्षेप संकलन गरेको छ भने ७१ अर्ब १६ करोड ऋण लगानी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप