पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष कँडेल
मङ्गलबार, १९ कात्तिक २०७६, १३ : ५०
काठमााडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
उपाध्यक्ष कँडेलले खाद्यान्न उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल जस्तो विकासोन्मुख देशहरुले खाद्यन्न प्रणालीमा सुधार गरेर पनि पोषणमुक्त खाद्यन्नको व्यवस्थापन गर्न सक्ने पनि स्पष्ट पारे । त्यसका लागि जनतामा चेतना जागृत गराउन लाग्नुपर्नेमा पनि उनको जोड छ ।
उपाध्यक्ष कँडेलले निजी क्षेत्रले पोषणयुक्त खाद्यन्न व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व अन्तरगतको कोष परिचालन गर्न सक्ने पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि