बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली भूभाग भारतको नक्सामा समेटिएकोमा राप्रपाको गम्भीर आपत्ति

मङ्गलबार, १९ कात्तिक २०७६, १३ : ४५
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली भूभाग भारतमा समेटेर हालै भारत सरकारद्वारा जारी नयाँ नक्साप्रति गम्भीर आपत्ति जनाएको छ ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतमा समेटिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘सो भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि नै निरन्तर विरोध गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्वीकार्य छ ।’

राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियताजस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ । साथै यस कार्यको कुटनीतिक ढंगबाट तत्काल सशक्त प्रतिवाद गर्न राप्रपाले सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप