शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनवलका नगर प्रमुखले व्यक्तिगत खर्चमा ३५ ज्येष्ठ नागरिकलाई स्वर्गद्वारी धाम पठाए

मङ्गलबार, १९ कात्तिक २०७६, १२ : १९
मङ्गलबार, १९ कात्तिक २०७६

परासी । सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाले ज्येष्ठ नागरिकहरुलाई आफ्नो व्यक्तिगत लगानीमा तीर्थयात्रामा पठाएका छन् ।

नगरपालिकाको वडा १२ भुमहीमा रहेका ३५ जना ज्येष्ठ नागरिकलाई प्युठान जिल्लामा रहेको ऐतिहासिक धार्मिक तीर्थस्थल स्वर्गद्वारी दर्शनका लागि पठाएका हुन् । स्वर्गद्वारी दर्शनका लागि मंगलबार बिहान हिँडेको ज्येष्ठ नागरिकहरुको टोलीलाई उनले फुलमाला लगाएर बिदा गरे ।

तीर्थयात्रामा हिँडेका आमाबुवाहरुको खाना खर्च भने वडा १२ का वडा अध्यक्ष यमलाल पाण्डेले व्यवहोर्ने भएका छन् । वडा अध्यक्ष पाण्डेले पनि वडाको विभिन्न सामाजिक कार्यमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

यसअघि कार्तिक १५ गते सुनवल नगरपालिका वडा ४ बाट करिब ४० जना ज्येष्ठ नागरिकहरु पूर्वी क्षेत्रका धार्मिक स्थलहरुको दर्शनका लागि गएको टोलीलाई बाटो खर्च भनि नगर प्रमुख थापाले ५१ हजार रुपैयाँ सहयोग गरेका थिए ।

नगर प्रमुख थापाले नगरपालिकाबाट आफूले पाउने सेवा सुविधा बापतको रकम यस्तै सामाजिक कार्यमा खर्चिदै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप