केन्द्रीय संस्करण
खेलाडी

एथ्लेटिक्स छाडेर माटोमा भविष्य खोज्दै प्रजापती

person explore access_timeकात्तिक १९, २०७६ chat_bubble_outline0

भक्तपुरस्थित पोर्टरी स्क्वायरमा विदेशी पर्यटकलाई काँचो माटोलाई आकार दिइएको गौतम बुद्धको मूर्ति देखाउँदै बयान गर्न व्यस्त देखिन्थे विनोदकुमार प्रजापती । प्रजापतीको पसलमा माटोबाट निर्मित भाँडा, घर सजावटका सामग्री र मूर्ति आदिले सजिएको भएर होला सामान किन्ने मात्रै नभएर विदेशी तथा स्वदेशी पर्यटक पसल अगाडि उभिएर नियाल्नेहरूको सङ्ख्या पनि कमी थिएन । प्रजापती विदेशी पर्यटकसँग अङ्ग्रेजी सहजरूपमा बोले पनि फ्रान्सेली, जर्मनेली नागरिकसँग भने जानी नजानी उनीहरूकै भाषामा बोल्छन् ।

पुख्र्यौली पेसा माटोको भाडा बनाउने भए पनि विनोदकुमारले भने करिब ७ वर्ष अगाडिबाट मात्रै भाँडा बनाउने काम सुरु गरेका हुन् । ‘विद्युतबाट चलिरहेको चक्रमार्फत पाला बनाउँदै बाध्यताले पुख्र्यौली पेसा अपनाएँ,’ उनले भने, ‘न त मन दिएर महत्त्वपूर्ण समय खर्चिएको पेसालाई पाखा लगाउन बाध्य भएँ ।’

दुई दशकसम्म प्रजापतीले एथ्लेटिक्सस खेले । खेल खेल्नेक्रममा नेसनल प्रशिक्षक, निर्णयकका रूपमा पनि काम गरेका उनले अहिले खेलयात्रामा पाएका प्रमाणपत्र, ट्रफी सबै बोरामा थन्क्याएका छन् । ‘जीवनको महत्वपूर्ण समय खेलकुद क्षेत्रमा बिताएकै कारण परिवारमा आएको आर्थिक सङ्कटलाई भरथेग गर्न सकिनँ,’ उनले भने, ‘एथ्लेटिक्स क्षेत्रमा रमाएर बस्ने इच्छा भए पनि सकिनँ ।’

खेल उनको जीवनमा नसा जस्तै भयो तर खेल खेलेर परिवारको गुजरा चलाउन धौँधौँ भयो । ‘परिवारमा खान जसोतसो पक्थ्यो,’ उनले भने, ‘तर बिरामी भएको बेलामा साह्रै समस्या आयो ।’

खेलाडीका रूपमा बाहिर चिनिँदा खुसीकोसीमा चुलिँदै जान्थ्यो तर घरको आर्थिक गर्जो टार्न नसक्दा भने  उनलाई पैसा नै ठूलो लाग्थ्यो ।

पहिला चक्र चलाउने प्रजापती नबन्ने अठोट गरेर खेलक्षेत्रमा लागेका थिए उनी तर समस्या पर्दै गए पछि सोही पेसा अपनाए । अहिले उनलाई बालबच्चाको पढाइ र औषधि उपचार गर्न समस्या छैन ।

नगर स्तरीय हुँदै उपत्यका अनि राष्ट्रिय खेलाडी बनेका प्रजापतीलाई खेल क्षेत्रमा नाम र दाम कमाए पनि आर्थिक गर्जो टार्न गाह्रो भयो । उनी जस्तै खेल क्षेत्रमा नाम कमाएर दाम कमाउन नसक्दा अन्या खेल विधाका खेलाडी पनि यसै गरी खेल क्षेत्रबाट पलायन हुन बाध्य छन् ।

बाल्यकालदेखि एथ्लेटिक्समा रुचि कारण घर अनि समुदायले अपनाउँदै आएको पेसालाई ध्यान गएन । ‘आर्थिक सङ्कट आइपरेपछि कल्पना नै नगरेका पेसालाई अँगालँे,’ उनले भने, ‘माटोको भाँडा बनाउने काम गरे पनि मन भने खेल्नै खोज्छ ।’

उनले विभिन्न स्कुलमा समेत प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । उनले खेल खेल्न सिकाएका विद्यार्थी राष्ट्रिय खेलाडी भएका छन् । खेल्न सिकाएका रिना कपाली र विन्दिरा श्रेष्ठ लगायतका खेलाडीलाई मिडियामा देख्दा, सुन्दा खुसीको सीमा नै नहुने उनको भनाइ छ । ०७२/०७३ सालमा नेपाल आर्मीलाई समेत खेल्न सिकाएका उनलाई अहिले पनि बेलाबेलामा प्रशिक्षक र निर्णयकका रूपमा काम गर्ने अवसर आउने उनले बताए ।

सरकारले खेल क्षेत्रलाई पनि व्यावसायिक रूपमा अगाडि बढाउनुपर्ने उनको बुझाइ छ । खेलका विविध विधामा सक्षम ठहरिएका खेलाडी खेललाई व्यावसायिक पेसाका रूपमा परिणत गर्न सक्दा खेलक्षेत्रमा आउने नयाँ प्रतिभालाई समेत विश्वसनीय वातावरण बनाउनुपर्ने उनले बताए ।

खेलसँगै भाँडा बनाउने कामलाई सँगसँगै लैजान नपाएका कारण घरिघरि उनलाई  पछुतो लाग्छ । 

****

प्रजापती परिवारको अभाव टार्नकै लागि परम्परागत पेसालाई अँगाले श्रीमती, दुई छोरी, छोराको चित्त बुझाउन सफल भएका छन् ।  ‘खेललाई निरन्त्रता दिन नपाएमा उनलाई दुःख लाग्छ,’ उनले भने, ‘खेल र कामलाई सँगसँगै लैजान पाएको भए मनमा उमङ्ग आउने थियो ।’

****

‘विगतमा कुमाले पेसालाई अगाल्दिनँ भन्दै हिँड्थँे,’ उनले भने, ‘पछि पुख्र्यौली पेसालाई निरन्तरता दिँदा खिसिटिउरी गर्ने धेरै थिए ।’ घरपरिवार आफन्तजनले भाडा बनाउने बुद्धि पहिलै आएको भए आर्थिक तथा पेसागत रूपमा अगाडि जान्थिस् बेलाबेला सुनाउने गर्छन् । 

काँचो माटोलाई आकार दिने काम उनको परिवार समुदायका प्रायः मानिसले गर्थें । सानैदेखि माटोबाट भाँडाकँुडा कसरी बनाउने भन्ने थाहा पाएकाले उनलाई गाह्रो भएन ।

व्यावसायिक रूपमा माटोका भाँडा विभिन्न भगवानका मूर्ति अनि घरसजावका विभिन्न सामग्री पनि बनाउन थालेका कारण व्यावसायिक रूपमा अगाडि बढ्नका गाह्रो भएन उनलाई ।

प्रजापती परिवारको अभाव टार्नकै लागि परम्परागत पेसालाई अँगाले श्रीमती, दुई छोरी, छोराको चित्त बुझाउन सफल भएका छन् ।  ‘खेललाई निरन्त्रता दिन नपाएमा उनलाई दुःख लाग्छ,’ उनले भने, ‘खेल र कामलाई सँगसँगै लैजान पाएको भए मनमा उमङ्ग आउने थियो ।’

 भक्तपुर जिल्लामा चारवटा स्क्वायर छन् । त्यसमध्ये पोटरी स्क्वायर, दरबार स्क्वायर, टोमढी स्क्वायर र दत्तात्रेय स्क्वायर । ४ स्क्वायरमध्ये पोर्टरी स्क्वायर पनि महत्त्वपूर्ण स्क्वायरमा पर्छ । ‘विदेशी पर्यटक यो स्क्वायर अवलोकन गर्न आउँछन्,’ उनले भने, ‘विदेशीलाई माटोका भाँडा बनाउने कला सिकाउँदा खुसी पनि लाग्छ ।’

प्रजापतीले विदेशी नागरिकलाई समेत  माटोको भाँडा बनाउने तालिम दिने गर्छन् । यहाँ तालिम लिएर आफ्नो देशमा गएर व्यावसायिक रूपमा कामसमेत गरेका छन् । ‘युरोपियन मुलुकमा भाडा बनाउने कलाशैली धेरै छन्,’ उनले भने, ‘यहाँ सिकेको कला र त्यहाँको कलालाई मिश्रण गरेर राम्रो नतिजा निकाल्छन् ।’

 ४ जना साथीसँग ३ लाख रूपैँया सापटी लिएर माटो भाँडा बनाउने काम सुरु गरेको थिएँ । विनोद कुमारले वार्षिक रूपमा ८ लाखसम्मको कारोबार गर्छन् । उनले आकार दिएका भाँडाकुँडा तथा घर सजावटका सामग्री पसलबाट नै बिक्री हुने हुन्छ । माटोको अभावका कारण मागअनुसारका सामग्री  प्रजापती समुदायले बनाउन सकेछैन । काँचो माटो मुस्ने र भाडा पोल्ने बेलामा ६ जनासम्मलाई रोजगारीसमेत दिने गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.