शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्स हुने ‘दक्षिण एसियाली फिल्म महोत्सव’मा ‘बुलबुल’ छनोट

मङ्गलबार, १९ कात्तिक २०७६, १२ : १४
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौं । बिनोद पौडेलको निर्देशन रहेको फिल्म ‘बुलबुल’ ‘दक्षिण एसियाली फिल्म महोत्सव’का लागि छनोट भएको छ । यो प्रतिष्ठित फिल्म फेस्टिभल मध्यको एक हो ।

जनवरी २८ देखि फेब्रुअरी २ सम्म चल्ने फेस्टिवल फ्रान्सको पेरिसमा आयोजना हुँदैछ । महोत्सवमा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक पौडेल सहभागी हुँदैछन् ।

महोत्सवमा अभिनेत्री स्वस्तिसँगै आफूपनि सहभागी हुन लागेको निर्देशक पौडेलले जानकारी दिए ।

केही अगाडि यो फिल्म नेपालबाट ओस्कारको विदेशी फिचर विधातर्फ सिफारिस भएको थियो ।

स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म महिला ट्याम्पु चालकको विषयमा बनेको छ ।

फिल्ममा स्वस्तिमा खड्काका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप