शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट जनक शिक्षाका कर्मचारीको मृत्यु

बिहीबार, ०१ भदौ २०७४, १७ : १६
बिहीबार, ०१ भदौ २०७४

भक्तपुर– अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको थिमि चोकमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  

बिहीबार दिउँसो ना५ख ५९५९ नम्बरको ट्रकले बा८४प ९७७२ नम्बरको स्कुटर ठक्कर दिदाँ स्कुटर चालक ५० वर्षका रञ्जन कार्कीको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीका डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिएका छन् । 

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर १ सरस्वतीखेल घर भएका कार्कीलाई ठक्करपछि उनलाई मध्यपुर अस्पतालमा उपचार हुन नसकेपछि बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी ओलीयाले बताए । 

उनी जनक शिक्षा लिमिटेडमा कार्यरत कर्मचारी रहेको बुझिएको छ ।  ठक्कर दिने सवारीका चालक भक्तपुर नगरपालिका वडा नम्बर ५ का ४१ वर्षका आकाश लोहला र ट्रक प्रहरीले नियन्त्रणमा लिएकोे छ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप