शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पलेँटीमा संगीतकार आभास र मीना

बिहीबार, ०१ भदौ २०७४, १७ : १६
बिहीबार, ०१ भदौ २०७४

काठमाडौं – नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक संगीतकार आभासले गायिका मीना निरौला मार्फत् आफ्ना सृजनाहरू प्रस्तुत गर्ने भएका छन् । 
नेपाली चलचित्र संगीतमा अहिले चर्चित मीना निरौला झण्डै एक दशक पहिलेदेखि पलेँटी सित आवद्ध रहेकी गायिका हुन् । मीनाले यसभन्दा पहिले सुप्रसिद्ध गीतकार रत्न शमशेर थापा, किरण खरेल, राममान तृषित, दिनेश अधिकारी र मुर्धन्य संगीतकार अम्बर गुरूङ, शान्ति ठटाल लगायतसँग अरू दर्जनौं पलेँटीमा आफ्नो सहगायन प्रस्तुत गरिसकेकी छन् । यसपालीको पलेँटी भने मीनाको एकल गायनको पहिलो पलेँटी हुनेछ । 
संगीतकार आभास पलेँटीलाई प्रारम्भदेखि नै संयोजन गर्दै आइरहेका संगीतकर्मी हुन् । सन् २००६ मापलेँटीले दार्जी्लिङका नेपाली भाषी कलाकारलाई पनि समेट्न शुरु ग¥यो । सन् २००७ मायसको दायरा अझै फराकिलो पार्ने उद्देश्यले संगीतकार आभास भारतको उत्तर पूर्वी राज्यहरूको भ्रमणमा निस्के । 
आभासले यसपालीको पलेँटीमा गायिकामीनानिरौलाकानिम्तिनयाँ र पुराना गरेर झण्डै १६ वटा गीत छानेका छन् । केहीयुगलगीतपनि रहने छन् जसलाई आभास आफैँले मीनाका साथ प्रस्तुतगर्ने छन् । यासपालीको पलेँटीका निम्ति छानिएका गीतमा वैरागीकाईंला, मञ्जुल, दिनेश अधिकारी, श्रवण मुकारुङ र आभासकाशब्दहरू रहेका छन् । संगीतकार आभासले मीनाकै स्वरका लागि सृजना गरेका नयाँ गीतहरू पनि यसपालीको पलेँटीमा पहिलो पल्ट प्रस्तुत हुनेछन् ।
गायिका मीना निरौला र बेनुका राईलाई साथमा लिएर संगीतकार आभासले केही महिना पहिले तीन दर्जनभन्दा धेरै बालगीतहरू रेकर्ड गराएका छन् । मीनाले नेपालयले पुस्तक सहित प्रकाशन गर्ने तयारी गरिरहेका बालगीतहरूको केही झलक पनि प्रस्तुत गर्नेछिन् । 
यो महिनाको पलेँटी २५ अगष्ट शुक्रवारको साँझ ‘आर’शालामा प्रस्तुत हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप