शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्डर १५ साफ च्याम्पियनसिप : उद्घाटन खेलमा बंगलादेश र श्रीलंका भिड्ने

बिहीबार, ०१ भदौ २०७४, १७ : ११
बिहीबार, ०१ भदौ २०७४

काठमाडौं – शुक्रबारदेखि काठमाडौंमा अन्डर–१५ साफ च्याम्पियनसिप प्रतियोगिता सुरु हुने भएको छ । विहिबार पत्रकार सम्मेलनगरी प्रतियोगिताबारे जानकारी गराइएको हो । प्रतियोगितामा नेपालले उपाधि चुम्ने लक्ष्य लिएको छ । 

नेपालको लक्ष्य उपाधि भएको प्रशिक्षक सुनिल श्रेष्ठले बताए । उनले पहिलो पटक हुन लागेको अन्डर–१५ साफमा घरेलु मैदानको फाईदा उठाउँदै आफ्नो टोली विजयी हुने दावी पनि गरे । 

नेपाली टोलीका अधिकांश खेलाडी एन्फा एकेडेमीका छन् । नेपाली टोलीका कप्तान रोशन थापामगरले लामो समयदेखिको तयारी रहेको र टिमका सबै सदस्यले राम्रो खेले उपाधि जित्न कुनै समस्या नरहेको बताए । 

प्रतियोगिताको उदघाटन खेल समूह ए का बंगलादेश र श्रीलंकाबीच हुनेछ । समूह बी मा रहेको नेपालले आफनो पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप