शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१ करोड १२ लाख निःशुल्क एसएमएस आदानप्रदान

बिहीबार, ०१ भदौ २०७४, १७ : ०७
बिहीबार, ०१ भदौ २०७४

काठमाडौं–नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि आवश्यक सहयोग पु¥याउन गरेको व्यवस्थामा करिव १ करोड १२ लाख निःशुल्क एसएमएस आदानप्रदान गरेका छन् । टेलिकमले साउन २९ देखि ३१ गतेसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरेको थियो । 
    
टेलिकमका अनुसार साउन २९ गते १७ लाख ३० हजार, ३० गते ४७ लाख ५५ हजार र ३१ गते ४७ लाख १५ हजार एसएमएस आदानप्रदान भएका छन् ।

देशका विभिन्न भागमा बाढी पहिरोबाट नेपाली जनता पीडित भइरहेको अवस्थामा राहत कार्यमा सहयोग पुगोस् तथा पीडितहरुलाई आफन्तजनसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो निःशुल्क एसएमएसको व्यवस्था गरिएको हो । 

त्यसैगरी कम्पनीको नेटवर्क प्रयोग गरी जल तथा मौसम विज्ञान विभागले विपतको अवधिमा प्रभावित क्षेत्रका वासिन्दालाई ४ लाख ८६ हजार भन्दा बढी विपत् आउनु पूर्वको जानकारी (एलर्ट एसएमएस) पठाएको छ । सो विभागले साउन २० गते ९४ हजार ६ सय, साउन २९ गते ४ सय, साउन ३० गते १ लाख ६ हजार २ सय, ३१ गते ७८ हजार ८ सय र ३२ गते २ लाख ६ हजार ५ सय भन्दा बढी एसएमएस पठाएको छ । जल तथा मौसम विज्ञान विभागले आवश्यकता अनुसारको संख्यामा आफैँ एसएमएस पठाउन सक्ने गरी कम्पनीले आवश्यक व्यवस्था गरिदिएको छ ।

यो भन्दा पहिले पनि कम्पनीले यस्तै प्रकारका एसएमएस निःशुल्क रुपमा पठाउँदै आएको थियो । २०७३ साउन १३ गते कम्पनी र जल तथा मौसम विज्ञान विभाग बीच जल तथा मौसमजन्य विपत् सम्बन्धी पूर्व सूचना मोबाइल एसएमएस मार्फत पठाउने सम्बन्धी सम्झौता सम्पन्न भएको थियो । 

त्यसैअनुरुप विपत् आउनुपूर्व प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा बल्क एसएमएस मार्फत निःशुल्क रुपमा आवश्यक जानकारी गराउने कार्य निरन्तर चलिरहेको जनाइएको छ । यसबाट जनधनको क्षति न्यूनीकरण हुने अपेक्षा गरिएको जनाएको छ । 

हालै आएको अविरल वर्षाका कारण विशेष गरी पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रका दूरसञ्चारका उपकरणहरुमा समेत क्षति पुगेकोमा २०७४ भदै एक गते सम्ममा क्षति पुगेका ती उपकरण मध्ये ९१ प्रतिशत भन्दा बढी उपकरणहरु सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ । बाँकी उपकरणहरु पनि छिट्टै नै सञ्चालनमा ल्याई सेवा सुचारु गर्ने कार्य द्रुत गतिमा भइरहेको जनाएको छ ।  

अधिकांश रुपमा विद्युत आपूर्तिमा भएको अवरोधका कारण तथा छिटपुट रुपमा दूरसञ्चारका उपकरणहरुमा बाढीको पानीले क्षती पु¥याएको कारणले दूरसञ्चार सेवा आंशिक रुपमा प्रभावित बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप