शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जनाको मृत्यु

सोमबार, १८ कात्तिक २०७६, १८ : ४२
सोमबार, १८ कात्तिक २०७६

बझाङ । निर्माणाधीन कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जना मजदूर मृत फेला परेका छन्  । आइतवार दिउँसोदेखि सुरुङमा फसेका उनीहरु सोमबार दिँउँसो मृत फेला परेका हुन् । 

सुरुङमा फसेर ज्यान गुमाउनेमा दैलेखको गुराँस गाउँपालिका–३ का कर्णबहादुरशाही र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउद तथा बझाङ बुङ्गल नगरपालिका– १ का शेरसिंह धामी रहेका छन् ।
उनीहरु सबैको अक्सिजनको कमीका कारण निसास्सिएर मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताए ।

मजदूर फसेको जानकारीलगत्रै नेपाल प्रहरी, शसस्त्र प्रहरी,  नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरे पनि सफल हुन नसके पछि सोमबार काठमाडौँबाट थप उद्धार टोली मगाइएको थियो  । सोमबार दिउँसो हेलिकप्टर मार्फत घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको हो । 

कालंगागाडको दाडिमगाड भन्ने ठाउँमा रहेको ७५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको यो सुरुङ्ग १ हजार ६ सय मिटर लामो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप