शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हराएको हिराको औंठी १३ वर्षपछि गाजरमा भेटियो

बिहीबार, ०१ भदौ २०७४, १६ : ५०
बिहीबार, ०१ भदौ २०७४

बीबीसी

आशा मारिसकेको कुनै हराएको वस्तु भेटिँदा कस्तो महसुस होला ? यो प्रश्नको जवाफ मेरी ग्राम्सले निकै राम्रो तरिकाले दिन सक्छिन् ।

१३ वर्ष पहिले मेरी ग्राम्सले क्यानडाको अल्बर्टामा आफ्नो बगैंचामा हिराको एक औंठी हराएकी थिइन् । यो सन् २००४ को कुरा हो । अब मेरीको उमेर ८४ वर्ष भइसकेको छ ।

यतिधेरै समय बितिसकेपछि उक्त औंठी भेटिएला भन्ने उनले आश गरेकी नै थिइनन् जुन स्वभाविक पनि हो तर पछिल्लो दिन उनले उक्त औंठी आफ्नो बगैंचामा एक गाजरसँग भेटिन् ।

सायद भाग्य यसलाई नै भनिन्छ होला । मेरीले औंठी हराएको कुरा यतिका वर्षसम्म कसैलाई पनि भनेकी थिइनन् ।

गाली खाने डरले उनले उक्त कुरा श्रीमानलाई समेत बताएका थिएनन् तर उनको छोरालाई भने यसबारे थाहा थियो ।

गत सोमबार मेरीकी बुहारीले जब आफ्नो बगैंचाबाट गाजर उखेलिन् तब उक्त घटनाको पर्दाफास भएको हो । वर्षौंसम्म माटोमुनी रहेको औंठी उनकी बुहारीले गाजरमा फसेको भेटिन् ।

मेरीले औंठी हराएको कुरा लुकाउनका लागि बजारबाट एउटा सस्तो औंठी किनेर लगाएकी थिइन् जुन उक्त औंठीजस्तै देखिन्थ्यो ।

हराएको औंठी भेटिएको यो पहिलो घटना भने होइन । सन् २०११ मा स्विडेनमा पनि यस्तै घटना सार्वजनिक भएको थियो जब एक महिलाले १६ वर्षपछि हराएको विवाहको औंठी भेटेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप