बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सांग्रिला डेभलपमेन्ट बैंकको गल्छी शाखाद्वारा रक्तदान

सोमबार, १८ कात्तिक २०७६, १५ : ३१
सोमबार, १८ कात्तिक २०७६

धादिङ– सांग्रिला डेभलपमेन्ट बैकको आफनो १५ औं वार्षिकउत्सवको अवसरमा धादिङस्थित गल्छी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शाखा कार्यालय गल्छीले जिल्ला रेडक्रस सोसाइटी धादिङको प्राविधीक सहयोगमा बृहत रक्तदान जीवनदान कार्यक्रम यही कार्तिक १७ गते बिहान १० बजे देखि दिउँसो ४ः३० सम्म सच्चालन गरिएको थियो ।

कार्यक्रममा गल्छी गा.पा.अध्यक्ष कृष्ण हरि श्रेष्ठले गल्छी चोकमा धेरै बैंकको शाखा आएका तर सांग्रिला बैकको शाखा आएको १ वर्ष नपुग्दै धेरै किसिमका कार्यक्रमहरु दिएर स्थानिय जनताहरुको मन मनमा बस्न सफल भएको बताए ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख गौरब काफलेले देशमा हाल रगतको चरम अभाव भएकाले आफनो शरिरबाट खेर जाने रगतबाट कसैको जीवन बचाउन सकिने भएकाले यस्तो पवित्र काम सवैले गर्नुपर्ने बताए ।

बैंकले ‘रक्तदान महादान’ भन्ने मुल नाराका साथ रक्त संकलन कार्यमा अहम भूमिका खेल्दै आइरहेको बैंकले बताएको छ । बैंकले सामाजिक उतरदायित्व अन्र्तगत रहेर गल्छी शाखालगायत ८७ ओटै शाखा कार्यालयबाट यस्ता किसिमका सामाजिक उतरदायित्वको कार्य गर्दै आएको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप