शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानको फिल्ममा सुनिल थापा !

सोमबार, १८ कात्तिक २०७६, ११ : ५२
सोमबार, १८ कात्तिक २०७६

काठमाडौँ । कलाकार सुनिल थापा फेरि एकपटक बलिउड फिल्ममा देखिने भएका छन् । बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण हुने फिल्म ‘क्वाथा’ उनको अभिनय रहने भएको छ ।

‘क्वाथा’ फिल्म अभिनयका लागि आफुलाई अफर आएको सुनिलले बताए । फिल्म अभिनयको विषयमा मौखिक सहमति भएपनि लिखित सम्झौता हुन बाँकी रहेको उनले सुनाए । भने, ‘भूमिका मन परेकोले फिल्ममा काम गर्न राजी भएको हुँ ।’

सुनिलका अनुसार उनलाई भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका अफर गरिएको छ ।

अभिनेत्री कट्रीना कैफकी बहिनी इसाबेल कैफले डेब्यू गर्न लागेको यो फिल्ममा सलमानका ज्वाईं आयुष शर्माको मुख्य भूमिका समेत रहनेछ ।

करण भुटानीको निर्देशन रहने फिल्मको जनवरीदेखि छायाँकन सुरु हुने बताइएको छ ।

सुनिलले केही पहिले बलिउड फिल्म ‘मेरी कोम’मा अभिनय गरेका थिए । ‘मेरी कोम’ बाहेक केही बलिउड फिल्म अभिनय गरेका सुनिल नेपाली फिल्मका लोकप्रिय कलाकार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप