शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

साम्राज्ञीसँग र सलिनमानको यस्तो छ ‘उकालीमा जाँदा..’ को हर्कत

बिहीबार, ०१ भदौ २०७४, १५ : ४१
बिहीबार, ०१ भदौ २०७४

काठमाडौं –अभिनेत्री झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ नयाँ गीत ‘उकालीमा जाँदा..’ रिलिज भएको छ । कमलपोखरी स्थित बिग चलचित्र भवनमा आज आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।
बसन्त सापकोटाको संगीत रहेको गीतमा राजेश पायल राइ र इन्दिरा जोशीको स्वर रहेको छ । गीतमा अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह, नव–नायक सलिनमान बनियाँ, सलोन लगायत कलाकारको अभिनय देख्न सकिन्छ । 
कार्यक्रममा उपस्थित पत्रकार तथा कलाकर्मीले गीत निकै आकर्षक बनेको भन्दै निर्माण युनिटको तारिफ गरेका छन् । 
सुनिलकुमार थापाको निर्माणमा तयार भएको यो चलचित्र भदौ १६ गतेबाट नेपालभर रिलिज हुँदैछ । चलचित्रको ट्रेलर केही पहिले सार्वजनिक ट्रेलर र एक गीत दर्शकले रुचाएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप