नेपाल बैंक लिमिटेडको प्रवक्तामा अधिकारी
आइतबार, १७ कात्तिक २०७६, १३ : १८
काठमाडौं– नेपाल बैंक लिमिटेडले कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीलाई बैंकको प्रवक्ता तथा प्रमुख सूचना अधिकारीमा नियुक्त गरेको छ ।
वि.सं २०६१ मा उप प्रवन्धक पदबाट नेपाल बैंक सेवा प्रवेश गरी बैकका विभिन्न शाखा तथा विभागको अनुभव हासिल गरेका अधिकारीले व्यवस्थापन तथा जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् ।
यसअघि बैकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज वरालले सो जिम्मेवारी सम्हाल्दै आएका थिए ।