शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्लब डेजा भूमा रनवे परेड

बिहीबार, ०१ भदौ २०७४, १५ : ४१
बिहीबार, ०१ भदौ २०७४

काठमाडाैं– टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मस्ले काठमाडौंमा पहिलो पटक एउटा वृहत फेसन शो आयोजना गर्ने घोषणा गरेका छन् । ‘रनवे परेड–२०७४’ शीर्षक राखिएको यो फेसन शो दरबारमार्गस्थित क्लब डेजा भू क्लबमा आयोजना हुने फेसन शोका कोरियोग्राफर तथा अभिनेता एसराज गराचले जानकारी दिए ।


जोर्डन राजभण्डारीले व्यवस्थापन गरिरहेको उक्त फेसन शोका लागि अघिल्लो साता काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिएको थियो । मुड्स लाउञ्जमा सम्पन्न अडिसनमा झन्डै तीन सय जना मोडलहरुले अडिसन दिएका थिए । अडिसनबाट फेसन शोका लागि १६ जना महिला तथा ११ जना पुरुष मोडलहरु छनोट भएका छन् । 


आधा दर्जन नायिकाहरु शोस्टरको रुपमा सहभागि हुने फेसन शोमा विभिन्न ९ जना डिजाइनरले तयार पारेका पहिरनहरु प्रदर्शन गरिनेछ । फेसन शोमा राशी कोइराला, लाजिमा सुब्बा, डीना गुरुङ, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, पेमा याङ्जी लामा, छिरिङ, ओसिन थापा तथा रबिनद्वारा तयार पारिएका पहिरनहरु प्रदर्शन गरिनेछ ।


भदौ २४ गते शनिवार आयोजना हुने फेसन शोबाट संकलित रकम कान्ति बाल अस्पतालमा उपचाररत रक्त क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रत्यूस थापाको उपचार तथा बाढी पीडितलाई हस्तान्तरण गरिने आयोजक संस्थाकी प्रवन्ध निर्देशक विजया शाहले स्पष्ट पारेकी छिन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप