शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनमा परिचालन हुन युवा संघको निर्देशन

आइतबार, १७ कात्तिक २०७६, ११ : २२
आइतबार, १७ कात्तिक २०७६

काठमाडौँ– सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा संघ नेपालले मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारलाई विजयी गराउन आम जनसमुदाय तथा युवाहरुलाई अपिल गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालको कात्र्तिक १६ गते बसेको बैठकले निर्वाचन परिचालन समिति बनाउने निर्णय गर्नुका साथै किरण पौडेलको नेतृत्वमा एक प्रचार÷प्रसार समिति गठन गरेको छ । जसको सदस्यहरुमा प्रभात कटवाल, ज्ञानेन्द्र गुरुङ्, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नविन खड्का र प्रकाश लामिछाने छन् ।

युवा संघले उपनिर्वाचनमा संगठनका केन्द्रिय तहका नेताहरुलाई सक्रियतापूर्वक परिचालित हुन निर्देशन समेत दिएको छ । गरिन्छ । संघले आइतबार जारी गरेको विज्ञप्तिमा यसरी परिचालित भएकाहरुको नाम केन्द्रीय कार्यालयमा जानकारी गराउन पनि भनेको छ ।

संयोजकको टोली साईप्रस जाने

त्यस्तै आउँदो डिसेम्बरमा साईप्रसमा हुने WFDY को महासभामा भाग लिन संगठनका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ को नेतृत्वमा सुमन देवकोटा, सन्तोष रावल र सुन्दर भुषाल जाने युवासघंले निर्णय गरेको छ ।

साथै संघले डब्लुएफडीवाईको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।

एकता र संगठनबारे यस्तो छ निर्णय

युवासंघले संगठनका सबै तहहरुमा साविकको एक संगठनबाट संयोजक र सहइन्चार्ज हुँदा साविकको अर्को संगठनबाट सहसंयोजक र इन्चार्ज हुने नीतिगत निर्णय गरेको छ । तर साविकका दुवै संगठनको सहमतिका आधारमा कुनै तहका हकमा फरक निर्णय गर्न सकिने पनि उसले जनाएको छ ।

प्रदेश, जिल्ला, महानगर तथा उपमहानगरहरुमा इन्चार्ज तथा सहइन्चार्ज केन्द्रिय समितिका सदस्यहरु रहने निर्णय युवासंघले गरेको छ ।

जिल्लाको संगठनात्मक नेतृत्वमा साविकको एक संगठनको नेतृत्व हुँदा महानगर तथा उपमहानगरमा साविकको अर्को संगठनबाट संगठनात्मक नेतृत्व हुने नितिगत निर्णय गर्नुका साथै साथै दुई उपमहानगर भएका जिल्लाहरुमा एक–एक उपमहानगरमा साविकका संगठनहरुले संगठनात्मक नेतृत्व गर्नेछन् । जिल्लाको संयोजक तथा सहसंयोजक १ हप्ताभित्र साविकका संगठनहरुले टुंग्याउने निर्णय पनि भएको छ ।

साथै संयोजक, सहसंयोजक चयन गर्दा साविकका संगठनको बरिष्ठता र सक्रियताका आधारमा चयन गरिनेछ ।

निम्नअनुसार साविकका संगठनको तर्फबाट संयोजक रहने गरी कार्यविभाजन भएको छ –

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप