केन्द्रीय संस्करण

शाहरुखको जन्मदिनमा करनले भावुक पोष्टमा लेखे, ‘केही सम्बन्धलाई शब्दमा बयान गर्न सकिँदैन’

person explore access_timeकात्तिक १७, २०७६ chat_bubble_outline0
Photo: Instagrammed by karan johar

शाहरुख खानको ५४ औं जन्मदिनमा उनका साथी करन जोहरले भावुक नोट सेयर गरेका छन् । उनले एक फोटोसहित लेखेका छन्, ‘ह्यापी बर्थडे भाइ शाहरुख । मलाई लाग्दैन कि केही सम्बन्धलाई बयान गर्नका लागि शब्द पर्याप्त छन् । विशेषगरी उनीहरुलाई जसमा मौनता धेरै हुन्छन् । मेरो जीवनमा तिम्रो अत्यधिक प्रभाव रह्यो । जस्तै उपदेश दिने शिक्षक जसलाई मैले  आफ्नो परिवार भन्ने सौभाग्य प्राप्त गरेको छु ।’

करनले भने, ‘तिमीसँग मेरो यात्रा जीवन र करियरको सबैभन्दा राम्रो रह्यो । अझै धेरै कुरा आउन बाँकी छ । धन्यवाद, मेरा लागि, आमाका लागि र मेरा स–साना बच्चा (यश र रुही) का लागि सधैं खम्बासरह उभिएकोमा । धन्यवाद, मेरा पिताको सबैभन्दा राम्रो साथी भइदिएकोमा र मेरो दाइ भएकोमा । म तिमीलाई यति माया गर्छु कि तिमीले कहिले पनि थाहा पाउन सक्दैनौं । ’

करनले सन् १९९८ मा शाहरुख खानलाई मुख्य भूमिकामा लिँदै ‘कुछ कुछ होता हे’ बाट निर्देशकको रुपमा बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि उनले ‘कभी खुसी कभी गम’, ‘कभी अलविदा न कहना’, ‘माय नेम इज खान’ र ‘ऐ दिल हे मुश्किल’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...