शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइतबार कस्तो छ तपाईंको दिन ?

आइतबार, १७ कात्तिक २०७६, ०६ : १२
आइतबार, १७ कात्तिक २०७६

वि.सं.२०७६ साल कात्तिक १७ गते । आईतबार । ईश्वी सन् २०१९ नोभेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि सप्तमी,५७ घडी २३ पला,रातको ०५ बजेर १३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र उत्तरषाढा,५४ घडी ३४ पला,रातको ०४ बजेर ०६ मिनेट उप्रान्त श्रवण । योग धृति,११ घडी ०१ पला,बिहान १० बजेर ४० मिनेट उप्रान्त शूल । करण गर,बेलुकी ०४ बजेर ५६ मिनेट उप्रान्त वणिज,रातको ०५ बजेर १३ मिनेट उप्रान्त भद्रा  । आनन्दादिमा अमृत योग । चन्द्रराशि धनु,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त मकर । 

 

काठमाडौंमा सूर्योदय ०६ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २७ घडी ३२ पला ।  रवि–सप्तमी व्रत।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्यामा तपार्ईँ अब्बल साबित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानीहुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँकार्य आरम्भ गरि आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चश्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको बिकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पती प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा सँग सम्बन्धित कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानी  गरि विलासी बस्तुहरुको उपभोग गर्न पाइने छ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) न्यालयबाट हुने व्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुने हुदा मन खुसीले उचाई नाघ्नेछ । पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुनेछ भने थप ठाउमा लगानी  गर्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट भनेजस्तो सहयोग पाइने हुदा आट तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी  गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ ।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउँने हुनाले मन प्रशन्न हुनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पूरा हुनेछन्  । बिहानको समयमा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिभिन्न अवसरहरुको उपयोग गरि यथेष्ट धन तथा सम्पति कमाउन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । मनोबल मजभुत हुनेहुनाले शाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिबिधिमा सम्लग्न भई अगाढि बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने जीवनसाथिको सहयोगले नयाँ कामको थालनी  गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मीय मित्र तथा जीवनसाथिको सहयोगले व्यापार व्यावसायमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । कुटुम्ब सँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धिहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । गाएन पेशा तथा कला शाहित्यमा समय दिनेहरुले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरुबिच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेयोग रहेकोछ । बिहानको समयमा लामो दुरिको यात्राको तय हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयको सहि सदुपयोग गरि विदेशि लगानीहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिदैन । व्यावसायबाट भनेजस्तो आम्दानी नहुने हुदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्त विचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुन सक्छ सचेत रहनुहोला । बिहानको समय उत्तम रहेकोले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ भने चाहेका उपलब्धिहरु हासिल गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप